STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

स्ववियु निर्वाचन : त्रिवि केन्द्रीय, पुल्चोक इन्जिनियरिङ र थापाथली इन्जिनियरिङ क्याम्पसमा को को आए ?

Janjati Khabar – Janjati Khabar | २०७९ चैत्र ५, आइतबार

काठमाडौं - आइतबार सम्पन्न भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअन्तर्गत त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको सभापतिमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का श्यामराज ओझा निर्वाचित भएका छन् ।

सभापतिमा नवनिर्वाचित थापाले ९६२ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी अनेरास्ववियुका प्रकाश विष्टले ६३१ मत प्राप्त गरे ।

केन्द्रीय क्याम्पसमा नेविसंघले १५ वर्षपछि आफ्नो बलियो उपस्थिति जनाएको छ । यससँगै नेविसंघले १५ वर्षपछि केन्द्रीय क्याम्पसमा इतिहास रच्न पनि सफल भएको छ ।

 

यसैगरी आइतबार सम्पन्न भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअन्तर्गत पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्ववियु सभापतिमा नेकपा एमालेनिकट अनेरास्ववियुका विराज अर्याल विजयी भएका छन् ।

६६९ मतसहित उनी सभापतिमा विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका अजयकुमार मण्डलले ६०२ मत पाए।

यस्तै, सचिवमा अखिल क्रान्तिकारीका विज्ञान प्रधान निर्वाचित भएका छन् । उनले ४४७ मत ल्याए । मतदान विद्युतीय भोटिङ मेसिनबाट भएको थियो ।

 

यसैगरी आइतबार सम्पन्न भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअन्तर्गत थापाथली इन्जिनियरिङ क्याम्पसको सभापतिमा नेपाल विद्यार्थी संघ (नेविसंघ)ले जित हासिल गरेको छ । स्ववियु सभापतिमा नेविसंघका पुष्कर शाही निर्वाचित भएका हुन् ।

स्ववियु सचिवमा भने अनेरास्ववियुका राजकुमार ढकाल निर्वाचित भएका छन् । विद्युतीय भोटिङ प्रणाली अपनाएर निर्वाचन सम्पन्न गरिएको थियो ।

यसअघि अखिल क्रान्तिकारीले जित हासिल गर्दै आएको यस क्याम्पसमा नेविसंघले यसपटक झण्डा फहराएको छ ।

Categorized in राजनीति