STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

स्वास्थ्यचौकीको भवन समयमै सम्पन्न

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन १३, सोमबार

जिल्लाका आधा दर्जन निर्माण कम्पनी सम्झौताअनुसार समयमा काम सम्पन्न नगरेको भन्दै कारवाहीमा परिरहेको बेला एक निर्माण व्यवसायी कम्पनीले भने निर्माण सम्पन्न गर्नुपर्ने समयभन्दा चार महीनाअघि नै काम सकाएर चर्चामा आएका छन्  । समयमै निर्माण सम्पन्न नगरेर धरौटी जफत तथा जरिवाना भइरहेको अवस्थामा कुन्सालिङरअरुण–बरुण जेभीले सम्झौता सकिने समयभन्दा चार महीनाअघि नै काम सम्पन्न गरेको हो । खाँदबारी नगरपालिका–९ तुम्लिङटारस्थित स्वास्थ्यचौकीको नयाँ भवन निर्माण गर्न रु एक करोड ७९ लाख ५२ हजार ४३५ बजेट विनियोजन भएको थियो । उक्त भवनको ठेक्का सङ्घीय आयोजना कार्यालय विराटनगर मोरङले २०७५ असार २५ मा ठेक्का लगाएको थियो । ठेक्का अनुसार २४ पुस ०७६ मा निर्माण सम्पन्न गर्नुपर्ने थियो तर निर्माण कम्पनी अरुण–बरुण जेभीका निर्देशक मिगुर शेर्पाले सम्झौता अवधिभन्दा चार महीनाअघि नै भवन निर्माण सम्पन्न गरेर स्वास्थ्यचौकीको नवनिर्मित भवन स्वास्थ्यचौकी तुम्लिङटारलाई हस्तान्तरण गरेका छन् । शेर्पाका अनुसार आफूले ठेक्का पाएपछि सम्झौताअनुसारको समयभित्रै काम सम्पन्न गर्दै आएको बताउनुभयो । अरुण–बरुण जेभीले तेह्रथुमको कोष तथा लेखा नियन्त्रक कार्यालय भवन पनि सम्झौता समयभन्दा सात महीनाअघि नै निर्माण सम्पन्न गरेर बुझाएको थियो । सम्झौता समयभन्दा अगाडि नै काम सम्पन्न गरेमा प्रतिदिन शून्य दशमलव शून्य पाँच प्रतिशतले बढीमा १० प्रतिशतसम्म बोनस दिने र सम्झौताभन्दा ढिलो काम गरेमा सोहीअनुसार जरिवाना लिने प्रावधान छ । जिल्ला निर्माण व्यवसायी सङ्घका महासचिवसमेत रहनुभएका शेर्पा आफ्नो काममा इमान्दार हुनुपर्ने बताउनुहुन्छ । निर्माण व्यवसायी सङ्घ सङ्खुवासभामा ९३ वटा निर्माण कम्पनी आबद्ध छन् । त्यसमध्ये सबैभन्दा उत्कृष्ट काम गर्ने र १० प्रतिशत बोनस पाउने अरुण–बरुण जेभी रहेकाले प्रदेशमा सिफारिस गरेर पठाइएको निर्माण व्यवसायी सङ्घ सङ्खुवासभाका अध्यक्ष कुलबहादुर श्रेष्ठले बताउनुभयो । शेर्पाले आफूलाई फेरि एकपटक समयअगावै काम सम्पन्न गर्ने निर्माण व्यवसायीका रूपमा प्रमाणित गरेको उहाँको भनाइ छ । काम नगर्नेको धरौटी जफत तुम्लिङटारस्थित डिभिजन सडक कार्यालयले सम्झौता समयभित्र काम नगर्ने सातवटा निर्माण कम्पनीलाई कारवाहीबापत जरिवाना र तीनवटा निर्माण कम्पनीको धरौटीबापतको रु तीन करोड ४१ लाख जफत गरेको छ । कार्यालयका प्रमुख कुवेर नेपालीका अनुसार ओएसिस इञ्जिनीयर्स एन्ड बिल्डर्सलाई रु १७ लाख, कोशी एण्ड न्यौपाने निर्माण सेवालाई रु १६ लाख ८० हजार, हरिहरि निर्माण सेवालाई रु १४ लाख ५७ हजार, सगरमाथा लोहनी ब्रदर्स जेभीलाई रु दुई लाख ५० हजार, सर्वउद्धार सगरमाथा दोभान जेभीलाई रु छ लाख ५० हजार, याक्थुहाङ निर्माण सेवालाई रु १४ लाख ५० हजार, विनायक निर्माणलाई रु १८ हजार र बज्र एण्ड सन्सलाई रु ११ हजार जरिवाना गरिएको छ । त्यसैगरी, स्वच्छन्द निर्माण सेवाको काम न्यून गुणस्तरको पाइएपछि रु दुई करोड २१ लाख, कान्छाराम एनबी जेभीको रु एक करोड नौ लाख र मना कन्स्ट्रक्सनको रु ११ लाख धरौटी जफत गरिएको छ ।
Categorized in राष्ट्रिय