हङ्कङ्मा हुने एभरेष्ट फिल्म अवार्ड स्थगित
Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र १६, सोमबार
हङ्कङमा आयोजना हुने भनिएको सो फिल्म अवार्ड हाललाई स्थगित भएको कुरा जानकारी गराउन हिजो एभरेष्ट फिल्म एकेडेमीमा एउटा प्रेस मिटको आयोजना गरिएको थियो भने सो कार्यक्रममा जानकारी गराइए अनुसार सो फिल्म अवार्ड अब आगामी वर्ष सन् २०२० को मे २४ को दिन हङ्कङ मै आयोजना हुनेछ भने सो अवार्ड कार्यक्रममा सन् २०१८ मा सहभागी भएका चलचित्र मध्येका पुरस्कृतहरुका साथै सन् २०१९ भित्र प्रदर्शन हुने चलचित्रहरुको समेत अलग्गै पुरस्कार दिने कुरा पनि जानकारी गराईएको छ भने सो पत्रकार सम्मेलनमा निर्णायक मण्डलका संयोजक एंव सो अवार्ड कार्यक्रमका सहयोगी संस्था एभरेष्ट फिल्म एकेडेमीका नायः सुनील थापा, वरिष्ठ क्यामेराम्यान गौरीशंकर धुँजु, वरिष्ठ चलचित्र व्यवसायी एवं चलचित्र संघका अध्यक्ष प्रदिप उदय र चलचित्रत्र पत्रकार एवं निर्देशक विजयरत्न तुलाधर निर्णायकहरुमा रहेका छन् ।
Categorized in सिनेमा


