STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

हत्या आरोपमा ओलीसमूहका नेता पक्राउ

Janjati Khabar – Janjati Khabar | २०७७ फाल्गुण २६, बुधबार

काठमाडौँ - नेकपा अलग हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको केन्द्रीय सदस्य बनाएका मोरङका युवराज बाँस्कोटा हत्या आरोपमा पक्राउ परेका छन् ।

उनलाई मोरङको पथरीशनिश्चरे–१० जिरीखिम्तीका १९ वर्षीय सन्दीप भण्डारीको हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको हो। भण्डारीको ‘शंकास्पद मृत्यु’ भएको घटनामा एमालेका नेता बाँस्कोटा पक्राउ परेका हुन्। घटनामा संलग्न बाँस्कोटालाई प्रहरीले बुधबार पक्राउ गरेको हो।

गएको पुस १४ गते भण्डारी पथरीशनिश्चरे २ मंगलबारेस्थित युवराज बाँस्कोटाको घरमा मृत फेला परेका थिए। त्यसपछि मृतकका परिवारले २६ पुसमा ‘कर्तब्य ज्यान’ मुद्दामा बाँस्कोटाविरूद्ध इलाका प्रहरी कार्यालय पथरीमा किटानी जाहेरी दिएका थिए।

‘किटानी जाहेरी परेपछि अनुसन्धानको लागि नियन्त्रणमा लिएको हो,’ उनले भने, ‘अहिले अनुसन्धान भइरहेको छ।’ किटानी जाहेरी परेपछि मोरङ अदालतदेखि मंगलबार पक्राउ पूर्जी जारी भएको प्रहरी स्रोतले जानकारी दिएको छ। अदालतबाट पक्राउ पूर्जी जारी भएपछि उनलाई पथरीदेखि पक्राउ गरिएको हो।

पक्राउ परेका नेता बास्तोलालाई मोरङ अदालतमा म्याद थप गर्न प्रहरीले लैजाने तयारी गरेको सुरक्षा स्रोतले जानकारी दिएको छ। मृत अवस्थमा फेला परेका भण्डारीको शरीरमा निलडाम र कानमा पनि चोट देखिएको मृतककी आमा राधिका भण्डारीको भनाई छ ।

नेपाल कम्यूनिष्ट पार्टी नेकपा विभाजन भएपछि बाँस्कोटालाई ओली समूहले केन्द्रीय सदस्य बनाएको थियो।

Categorized in अपराध-दुर्घटना