STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

हराएकाे तारा एयरकाे जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियाे

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ १६, सोमबार

काठमाडौं - तारा एयरकाे हराएकाे जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएकाे वनाइएकाे छ ।

मुस्ताङको थासाङ गाउँपालिका वडा नं २ स्थित पटके लेक सानोसोरा भन्ने ठाउँमा क्षतविक्षत अवस्थामा आज बिहान जहाज भेटिएको हाे । थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचनले लेतेका सुमित गौचन र यार्सागुम्बा खोज्न गएकाले दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जहाजको तस्बिर पठाएका जानकारी दिए ।

मानापाथी हिमालको फेदीमा रहेको पहाडमा टुक्राटुक्रा परेको अवस्थामा टाढाबाट जहाज देखिएपछि सुरक्षाकर्मी र स्थानीयवासीको टोली त्यसतर्फ लागेको गाउँपालिका अध्यक्ष गौचनले बताए । जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले भने सेना, सशस्त्र र प्रहरीको टोली घटनास्थलमा पुगिनसकेकाले औपचारिक पुष्टि भइनसकेको जानकारी दिए ।

कोवाङदेखि दुई घण्टा पैदल हिँडेर याकखर्क पुगेर राति त्यहाँ बसेका करिब १०० सुरक्षाकर्मीको टोली आज बिहानै मानापाथी हिमाल आसपासको क्षेत्रतर्फ प्रस्थान गरेको थियो ।

पोखरादेखि मुस्ताङको जोमसोम उडान भरेको तारा एयरको ट्वीन ९ एनएईटी विमान आइतबार बिहानदेखि सम्पर्कविहीन भयो ।

आइतबार बिहान ९ः५५ बजे पोखरा विमानस्थलबाट उडेको विमान केही समयमै सम्पर्कविहीन भएको थियो । १०ः१७ मा अवतरण गर्ने भनिएकोमा सो विमान १०ः११ पछि सम्पर्कविहीन भयो ।

जहाज सम्पर्कविहीन भएपछि तीनै सुरक्ष निकायले हिजो (आइतबार) दिनभर खोज्यो । तर, भेटेनन् । विमान हराएपछि तत्काल खोजीकार्यको लागि जोमसोम विमानस्थलबाट फिस्टेल एयर र पोखरा विमानस्थलबाट नेपाली सेनाको हेलिकोप्टर सम्भावित दुर्घटना क्षेत्रमा खोजीका लागि निस्केको थियो ।

Categorized in अपराध-दुर्घटना