STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

हराएकी बालिका मृत फेला

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र २१, शनिबार

भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट दुई दिनअघि हराएकी बालिका मृत भेटिएकी छन् । कैलाशनगर बस्ने छ वर्षीया स्मृति कार्की घर नजिकैको नहरमा मृत भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बालिका यही भदौ १९ गते आफ्नै घरबाट हराएकी थिइन् । उनी आज बिहान घर नजिकै रहेको नहरमा फेला परेकी थिइन् । उनलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो । अस्पतालले मृत घोषणा गरेको हो । उनको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ ।जारी
Categorized in अपराध-दुर्घटना