STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

हवाई कारबाहीमा चार तालिबानी मारिए

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १८, बुधबार

अफगानिस्तानको हेरात प्रान्तको पश्चिमी क्षेत्रमा तालिबानी लडाकूहरुमाथि सरकारी फौजले गरेको हवाई आक्रमणमा चार जना तालिबानी लडाकूको मृत्यु हुनुका साथै अरु नौ जना घाइते भएका छन् । प्रान्तीय प्रहरी प्रमुख अमिनुल्लाह ओमारखिलले चुश्ती शरिफ जिल्लामा मङ्गलबार गरिएको उक्त कारबाहीमा अरु पनि लडाकू मारिएको हुनसक्ने बताउनुभयो । सरकारी फौजमाथि कुनै क्षति नभएको पनि प्रहरी प्रमुख अमिनुल्लाहले जानकारी दिनुभयो । उक्त घटनाका बारेमा तालिबान समूहले कुनै प्रतिक्रिया दिएको छैन ।
Categorized in अन्तर्राष्ट्रिय