STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

हवाई कारबाहीमा सत्र तालिबान लडाकु मारिए

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १७, मंगलबार

अफगानिस्तानको पश्चिमी प्रान्त बादघिसमा तालिबान लडाकूविरुद्ध जारी रहेको शृङ्खलाबद्ध हवाई कारबाहीमा परी कम्तीमा १९ तालिबान लडाकू मारिएका अफगान सेनाद्वारा मङ्गलबार जारी विज्ञप्तिमा जनाइएको छ । सो प्रान्तको आब कमारी जिल्लामा लुकेर बसेका तालिबान लडाकूलक्षित सोमबार अबेर राति भएको हवाई कारबाहीमा तालिबानका जिल्ला प्रमुख मावलवी बिसमिल्लाहसहित १९ लडाकू मारिएका जारी विज्ञप्तिमा जनाइएको छ । यस कारबाहीका परी अन्य चार तालिबान लडाकू घाइते भएका पनि जारी विज्ञप्तिमा जनाइएको छ । आब कमारी जिल्लामा अफगान सुरक्षाबलले तालिबान लडाकूविरुद्ध बारम्बार कारबाही गर्दै आएका बताइएको छ । तालिबान लडाकू समूहले भने यस कारबाहीको कुन टिप्पणी गरेका छैनन् ।
Categorized in अन्तर्राष्ट्रिय