हाइजेनिक वर्ड अर्गनाईजेशनद्वारा अपांग तथा असहायहरुलाई भाेजन
Janjati Khabar – विजयरत्न असंबरे | २०८० कार्तिक ३, शुक्रबार
हाईजेनिक वर्ड अर्गनाईजेशनले अपांग तथा असहाय व्यक्तिहरुलाई भाेजन वितरण गर्दै बडा दशैंको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेकाे छ । विजयादशमी २०८० काे अवसरमा अपांग सराेकार केन्द्रमा दशै भाेजकाे आयाेजना गरेकाे हाे । अपांग सराेकार केन्द्रमा करिव ४५ जना अपांगहरु आश्रीत रहँदै आएका छन् ।
भाेजन वितरण कार्यक्रम गरेकाेमा खुसी व्यक्त गर्दै संस्थाका अध्यक्ष तेजेन्द्र गिरीले आयाेजक संस्थालाई धन्यवाद दिएका छन् । हाईजेनिक वर्ड अर्गनाईजेशन खाद्य तथा गुणस्तर सम्बन्धि क्षेत्रमा काम गर्दै आएकाे संस्था हाे । संस्थाकाे कल्याणकारी काेष मार्फत सामाजिक काम गर्ने क्रममा यसपटक अपांगता भएका व्यक्तिहरुसँग दशै मनाएकाे कुरा अध्यक्ष प्रेम कार्कीले बताए ।
Categorized in राष्ट्रिय

