STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

हाइटीमा पत्रकार जिउँदै जलाइएको घटनाको राष्ट्रसंघद्वारा निन्दा

Janjati Khabar – Janjati Khabar | २०७८ पौष २४, शनिबार

२४ पुस, एजेन्सी - संयुक्त राष्ट्र संघले हाइटीमा एक गिरोहद्वारा जिउँदै जलाइएका दुई पत्रकार हत्याको निन्दा गरेको संयुक्त राष्ट्र संघका प्रवक्ता स्टेफेन डुजारिकले शुक्रबार पत्रकार सम्मेलनमा बताएका छन्।

कहिलेकाँही तपाईसँग शब्दहरू समाप्त हुन्छन्, दुजारिकले दुई पत्रकारको हत्यामा टिप्पणी गर्न सोध्दा भने। हामी यस वीभत्ष हत्याको स्पष्ट रूपमा निन्दा गर्छौं। यो धेरै महत्त्वपूर्ण छ कि राष्ट्रिय अधिकारीहरूले अपराधीहरूलाई पत्ता लगाउन, उनीहरूलाई न्यायको कठघरामा ल्याउन सक्दो गर्नुपर्दछ, डुजारिकले थपे।

हाइटी २४ समाचार आउटलेटले जनाएअनुसार दुई पत्रकारहरू एक आपराधिक समूहका सशस्त्र सदस्यहरूबाट गोली हानिएका थिए। अर्का एक पत्रकार भने हमला भएको स्थानबाट भाग्न सफल भएको रिपोर्टले जनाएको छ।

हाइटीले लामो समयदेखि गरिबी, गिरोह हिंसा र राजनीतिक संकटको सामना गरिरहेको छ। सन् २०२१ को जुलाईमा राष्ट्रपति जोभेनेल मोइसको हत्यापछि राजनीतिक सङ्कट गहिरिंदै गएको छ।

Categorized in अन्तर्राष्ट्रिय