STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

हास्यकलाकार रवि डंगोलले जिते कोरोना

Janjati Khabar – Janjati Khabar | २०७८ जेठ ३, सोमबार

काठमाडौं – लोकप्रिय हास्यकलाकार रवि डंगोलले काेराेनालाई जितेका छन् ।

आफूलाई कोरोना संक्रमण भएको कुरा इच्छा नहुँदा पनि सार्वजनिक रुपमा राखेको डंगोलले आफ्नो फेसबुक पृष्ठमा लेखेका छन् ।

कलाकार डंगोलले आइतबारको आफ्नो फेसबुक पृष्ठमा लेखेका छन् – ‘पोष्ट गर्ने इच्छा नहुँदा पनि... केही दिनदेखि कोरोनासँग लडिरहेको छु । ९ दिनसम्म अति सकस र कठिनपूर्ण घरमै र ९ दिन निदान अस्पतालमा उपचार गरेपछि हिजो (शनिबार) घर फर्किएको छु ।’

उनले फेसबुकबाट आफ्नो स्वास्थ्यको कामना गर्ने सम्पूर्णमा धन्यवादसमेत दिएका थिए । डंगोल अहिले घरमै आराम लिइरहेका छन् ।

तस्बिर - रवि डंगोललको फेसबुक पृष्ठबाट

Categorized in व्यक्तित्व