STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

हिंसा निगरानी समूहलाई क्षमता अभिवृद्धि तालीम

Janjati Khabar – जनजाति खबर | २०७६ माघ १४, मंगलबार

हिंसा न्यूनीकरण गरी मानवअधिकारमैत्री नगरपालिका बनाउने उद्देश्यले गौरीगङ्गा नगरपालिकास्तरीय सञ्जाल हिंसा निगरानी समूहका लागि ‘क्षमता अभिवृद्धि’ तालीम सोमबार धनगढीमा सम्पन्न भएको छ । एफएमडिसी तथा विकास र परिवर्तनका लागि सञ्चारद्वारा आयोजित उक्त तालीममा तालीममा मानवअधिकारकर्मी तथा अधिवक्ता चेतराज भट्टले मानवअधिकार, राज्यको कार्यान्वयनको अवस्था, संविधान प्रदत्त मौलिक हक, पीडितका कानूनी अधिकार, विवाद र विवाद समाधानका रणनीति, नेतृत्व विकास, पैरवी वकालत, महिला हिंसालगायतबारे प्रशिक्षण दिनुभएको थियो । सो अवसरमा एफएमडिसीका कार्यकारी निर्देशक उमिद बागचन्दले गौरीगङ्गा नगरपालिकामा हिंसा न्यूनीकरण गर्न र मानवअधिकारको संरक्षण गर्न तालीम दिइएको जानकारी दिनुभयो । गौरीगङ्गालाई एक वर्षभित्र मानवअधिकारमैत्री नगरपालिका बनाउने उद्देश्यले हिंसा निगरानी समूहलाई तालीम दिइएको उहाँको भनाइ छ । विगतमा आफ्नो हक अधिकारबारे थाहा नभएको र तालीमपछि यी विषयबारे जानकारी पाएको तालीममा सहभागीहरुको धारणा थियो ।
Categorized in राष्ट्रिय