हिमाल नियाल्न भकुण्डे जाऔं
Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ३, शुक्रबार
आफ्नै रहनसहन, जीवन शैली र संस्कृत िबोकेको बाग्लुङ नगरपालकिा–१० स्थति भकुण्डेबाट सफा मौसम भएको बेला धौलागरि,ि माछापुच्छ्रे र अन्नपूर्ण हमि शृङखलामा पर्ने झण्डै २५ वटा हमिाल नाङ्गो आँखाले देख्न सकन्छि । नेपालका बाइसे चौबीसे राजाका पालामै राजारजौटा आएर केही दनि बतिाउने यो रमणीय स्थल प्रचारप्रसारको अभावमा चर्चा आएको भने छैन ।
अत्यन्त उच्च ठाउँमा रहेर पन िठाउँ ठाउँमा रहेका समथर ठूला चौरलाई तत्कालीन समयमै राजारजौटाले मनोरञ्जन स्थलका रुपमा उपयोग गर्ने गरेको स्थानीय समाजसेवी एवं पूर्व सांसद नरबहादुर थापाले बताउनुभयो ।
यो ठाउँको नाम भकुण्डे कनि रहन गयो भन्ने सम्बन्धमा वभिन्नि तर्क पाइन्छ । राजारजौटाले यहाँका फराकलिा चौरमा त्यही बेलादेख िनै भकुण्डो खेल्ने गरेकै कारण यस ठाउँको नाम भकुण्डे राखएिको हुन सक्ने एउटा तर्क छ । अर्को मगर जातलिे पूजा गर्ने देवी भकुण्डे देवी का नामबाट भकुण्डे राखएिको हो क िभन्ने तर्क पन िछ ।
भकुण्डेको पर्यटकीय सम्भाव्यतालाई उजागर गर्न स्थानीयवासीको जागरुकतासँगै पर्यटक लक्ष्यति घरबास कार्यक्रम सञ्चालन गरएिको अतथि िसत्कार होम स्टेका अध्यक्ष खमिबहादुर थापाले बताउनुभयो ।उहाँका अनुसार पर्यटकलाई आकर्षण गर्न वसिं २०६८ देख िभकुण्डेमा घरबास कार्यक्रम सञ्चालन गरएिको हो । भकुण्डेलाई लक्ष्य गरी २०६८ सालमै महोत्सव समेत सञ्चालन गरएिको थयिो । हाल १० वटा घरमा घरबास चलाइएको छ । यहाँ आएका पर्यटकले गाउँले जनजीवन, सत्कार, खानपान, घुमफरि र संस्कृतकिो आनन्द एकसाथ पाउने गरेको उहाँले बताउनुभयो । पर्यटकलाई पारविारकि वातावरणमा बसोबासको व्यवस्था र स्थानीय परकिारको स्वाद पस्कने गरएिको छ । स्थानीय रुपमा उत्पादति परकिारका साथै अन्यत्र पाउन नसकनिे जरङ्गिोको साग, बोकेको अचार, भाङ्गको अचारको स्वादमा पर्यटक रमाउने गरेका छन् । त्यस्तै, याम अनुसार गाउँमै उत्पादति मूला, कोदो, गुन्द्रुक, आलु, खुर्पानी, भुइँ स्याउ, कबिी, सतिाके च्याउको पन ियहाँ स्वाद चाख्न पाइन्छ ।
होमस्टेमा खाना, खाजासहति एक रात बतिाउँदा प्रतव्यिक्त ि६५० रुपैयाँ लनिे गरएिको होमस्टे सञ्चालक वमिला थापाले जानकारी दनिुभयो । यस बाहेकका अन्य परकिारका लाग िभने छुट्टै मूल्य तोकएिको छ ।
होमस्टेमा आउने पर्यटकलाई मौलकि कला, संस्कृत िझल्कने झाँकी, गीत र नृत्य पन िदेखाउने गरन्छि । पर्यटकको आगमन बढ्दै गएपछ िपछल्लिा समयमा पर्यटक लक्ष्यति पूर्वाधार नर्मिाणलाई अघ िबढाइएको छ । होमस्टे सञ्चालन, भ्यू टावर र सङ्ग्रहालयको स्थापनासँगै यहाँस्थति बराह तालको संरक्षण समेत गरएिको छ ।
बाइसे चौबीसे राजाको पालमा भुरे राजाको दरबारको रुपमा ख्यात िकमाएको मूलाबारी पाग्जाकोट मा चार तले भ्यू टावर नर्मिाण गरएिको साबकि भकुण्डे गाउँ वकिास समतिकिा पूर्व अध्यक्ष तलिबहादुर थापामगरले जानकारी दनिुभयो ।
नेपाल सरकार तथा अन्य वभिन्नि गैरसरकारी संस्थाको करीब ५० लाख रुपैयाँको लागतमा उक्त भ्यू टावर नर्मिाण गरएिको हो । उहाँका अनुसार सावकिको भकुण्डे गावसि वडा नं ७ स्थति बराह ताल यस क्षेत्रको अर्को पर्यटकीय आकर्षण हो । दुई हजार ८२६ वर्ग मटिर क्षेत्रफलमा फैलएिको बराहताल समुद्री सतहदेख िएक हजार ३०० मटिरको उचाइमा अवस्थति छ ।
स्थानीय संस्कृतकिो संरक्षण एवं ऐतहिासकिताको जगेर्ना गर्न स्थानीयवासीको सकृयतामा भकुण्डेको लामडाँडामा सङ्ग्रहालय राखएिको छ । वशिेषतः जनजातलिे प्राचीन कालदेख िप्रयोग गर्दैआएको सबै कसिमिका सामग्रीको सङ्कलन तथा संरक्षण गर्ने उद्देश्यले सङ्ग्रहालयको नर्मिाण गरएिको हो ।
भकुण्डेको शरि कुथुकर्मको लेक समुद्री सतहबाट दुई हजार ३५० मटिर उचाइमा छ । प्राचीन कालमा दउिँसो बेंसीतरि काम गरे पन िऔलो, हैजा जस्ता प्रकोपबाट जोगनि बास बस्न उक्त लेकमा जाने गरेको वश्विास गरन्छि । हाल घना जङ्गलले ढाकएिको यस लेकबाट धेरै ठाउँको दृश्यावलोकन गर्न सकन्छि भने कालजि, मृग, खरायो यस ठाउँमा प्रत्यक्ष देख्न पाइन्छ । फागुन–चैतको समयमा ढकमक्क फुल्ने लालीगुराँस र सेतोगुराँस यस क्षेत्रको अर्को वशिष्टिता हो ।
चराचुरुङ्गीका साथै वभिन्नि जडीबुटीको अध्ययन अनुसन्धानका लाग ियो लेक अत्यन्त उपयोगी बन्ने वश्विास गरएिको छ । बागलुङ बजारबाट मालढुङ्गा, गलुवा, काउरे, द्वार देउराली हुँदै भकुण्डे पुग्न करीब १० कमि िकच्ची सडक पार गर्नु पर्छ । बाग्लुङको देउराली चोकबाट गौंडाकोट, सालबोट, समिलपाटा, दह, नफिन्नी देउराली हुँदै करीब १२ कमि ियात्रा गरेपछ िभकुण्डे पुग्ने अर्को बाटो पन िछ ।
यहाँका कच्ची बाटालाई चाँडै कालोपत्र गर्नुपर्ने आवश्यकता रहेको स्थानीयवासी बताउँछन् । धार्मकि पर्यटनको पन िउत्तकिै सम्भावना बोकेको भकुण्डे आसपासका भैरवस्थान, शवि मन्दरि ९दह०, बराह ताल, बराह मन्दरि, हीराताल, सुन झँक्री, वश्विकर्मा जस्ता मन्दरि समेत रहेका छन् ।
भकुण्डे र आसपासको क्षेत्रको प्रवर्द्धनलाई लक्ष्य गरी नीलगरिी युवा क्लबले प्रत्येक वर्ष दशैंको समयमा फुटबल प्रतयिोगतिा गर्दैआएको छ भने हमिश्री युवा क्लबले प्रत्येक वर्षको तीजमा भलबिल प्रतयिोगतिा गर्ने गरेको छ । त्यस्तै, मगर समाज देउरालीले दशैंमा सांस्कृतकि कार्यक्रम गर्ने गरेको छ । प्रकृत,ि संस्कृत िर ऐतहिासकिताले भरपिूर्ण भकुण्डेको प्रवर्द्धनका लाग िराज्यले पन िचासो दनिुपर्ने स्थानीय युवा एवं सञ्चारकर्मी गणेश पौडेलले बताउनुभयो ।
Categorized in राष्ट्रिय


