STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

हेटौँडामा चार खानेपानी ट्याङ्की बन्ने

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र ५, बिहिबार

हेटौँडाको चार स्थानमा २० लाख लिटर क्षमताको खानेपानी ट्याङकी तथा दैनिक २५ लाख लिटर पानी निकाल्न मिल्ने डिप बोरिङ निर्माण हुने भएको छ । कूल १५ करोड ५५ लाखको लागतमा हेटौँडाका चार स्थानमा एकै साथ खानेपानीका लागि डिप बोरिङ र पानी सङ्कलनका लागि चार वटा ट्याङकी निर्माणको काम शुरु भएको हो । हेटौँडा–१० टिसिएन, –५ रुद्र्रेश्वर, –२ हरिकुञ्जरोड र –१५ भोर्लेमा खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको ७० प्रतिशत लगानी तथा हेटौँडा खानेपानी व्यवस्थापन बोर्ड र उपमहानगरपालिकाको ३० प्रतिशत सहलगानीमा पानी ट्याङ्की बनाउन लागिएको जनाइएको छ । चारै स्थानको ट्याङकी निर्माण गर्ने काम दुई वर्षभित्र सक्नुपर्ने भनिए पनि तोकिएकोभन्दा अगावै काम सक्ने तयारीसाथ काम शुरु गरिएको आयोजनाका प्रमुख नन्दलाल बञ्जाडेले जानकारी दिनुभयो । ती सबै टयाङ्कीमा साढे १९ लाख लिटर पानी जम्मा गरेर राख्न सकिने तथा चार वटा डिप बोरिङबाट दैनिक २५ लाख लिटर पानी हालको पानीमा थप गर्ने अपेक्षा गरिएको खानेपानी व्यवस्थापन बोर्डका प्रमुख सुदर्शन ढकालले जानकारी दिनुभयो ।
Categorized in राष्ट्रिय