STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

हेटौँडामा नेपाल संवत् ११४२ को र्‌याली

Janjati Khabar – Janjati Khabar | २०७८ कार्तिक २०, शनिबार

१९ कात्तिक, मकवानपुर - नेपाल संवत् ११४२ प्रारम्भ भएको उपलक्ष्यमा हेटौँडामा हिजो शुक्रबार नेपाल भाषा खलः तथा नेवा सांस्कृतिक पुचःको संयुक्त आयोजनामा ¥याली निकालिएको छ । र्‌यालीपछि स्थानीय पिपलबोटमा नेपाल संवत् ११४२ शुभारम्भ भएको उपलक्ष्यमा शुभकामना आदान–प्रदान कार्यक्रम गरिएको थियो ।

नेपाल संवत् ११४२ मूल समारोह समितिका संयोजक विष्णुगोपाल महर्जनको अध्यक्षतामा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा नेपाल भाषा खलः मकवानपुरका पूर्वअध्यक्ष रुद्रहरि जोशीले नेपालको आफ्नै मौलिक राष्ट्रिय संवत्लाई मान्यता दिएको हुँदा अब सरकार र आम नागरिकले नेपाल संवत्लाई सांस्कृतिक पर्वका रूपमा मनाउनुपर्छ भन्नुभयो । कार्यक्रममा समाजसेवी, बुद्धिजीवी, राजनीतिक दलका स्थानीय प्रतिनिधि, नेवार समुदायका महिला तथा पुरुषको उपस्थिति थियो ।  

Categorized in राष्ट्रिय