हेलिकप्टर कुर्दाकुर्दै सुत्केरीको मृत्यु
Janjati Khabar – Janjati Khabar | २०८० पौष २४, मंगलबार
बाजुराको कोल्टीमा हेलिकप्टर कुर्दाकुर्दै सुत्केरीको मृत्यु भएको छ।
हेलिकप्टरको पर्खाइमा रहेकी हुम्ला ताजाँकोट गाउँपालिका–५ का अंशु बुढाको सोमबार बेलुका मृत्यु भएको हो।उनी सुत्केरी भएको १३ दिन पुगेको थियो। हुम्लाबाट उपचारका लागि आइतबार बाजुराको कोल्टी पुर्याइएको थियाे।
हुम्लाका प्रदेश सभाका सदस्य रनसिंह परियारले सोमबार कोल्टीमा उडान नभएपछि सुत्केरीको मृत्यु भएको खबर आफूले पाएको बताए।
दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरू निःशुल्क हवाई उद्धार कार्यक्रम भएकोले त्यसबाट उनको उद्धार गर्न सकिने अवस्थामा खबर ढिलो हुँदा बुढाको ज्यान गएको प्रदेश सभा सदस्य परियारको भनाइ छ।
Categorized in राष्ट्रिय

