१० लाख डोज खोप दिने चीनको घोषणा
Janjati Khabar – Janjati Khabar | २०७८ जेठ १२, बुधबार
चीनले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप दिने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार चिनियाँ समकक्षी सी चिङफिङसँग फोन संवाद गर्दै खोप उपलब्ध गराउन आग्रह गरेपछि १० लाख डोज खोप दिने घोषणा गरेको हो ।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीन सरकारले नेपाललाई १० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको जानकारी दिइन् ।
नेपालले चीनमा उत्पादित सिनोफार्मको खोपलाई आपत्कालीन प्रयोगका लागि मान्यता दिएको छ । यसअघि चीनले नेपाललाई ८ लाख डोजका खोप अनुदानमा उपलब्ध गराएको थियो ।
Categorized in राष्ट्रिय

