STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

१२ वटा अस्पतालले प्लाज्मा थेरापीबाट कोरोनाको उपचार गर्न पाउने

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण १९, सोमबार

काठमाडौं – अब १२ वटा अस्पतालले प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार गर्न पाउने भएका छन् । नेपालमै पहिलो पटक प्लाज्मा थेरापीबाट उपचार सफल भएलगतै राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले देशभर यसलाई विस्तार गर्न ती अस्पताल ताेकेकाे हाे । यसका लागि सम्भाव्य अवलोकन क्लिनिकल स्टडीका लागि नौ सरकारी र तीन निजी अस्पताल छनोट गरिएको थाहा हुन आएकाे छ । सरकारीतर्फ त्रिवि शिक्षण अस्पताल, पाटन, शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पताल, नेपालगञ्ज मेडिकल कलेज, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोशी, नारायणी र धुलिखेल अस्पताल छन् । निजीतर्फ मेडिसिटी, ह्याम्स र ग्राण्डी अस्पताल कन्भलेसेन्ट प्लाज्माथेरापीबाट उपचारका लागि छनोट गरिएको छ ।  
Categorized in राष्ट्रिय