STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

१३औँ साग आर्चरीमा तीन स्वर्ण जित्ने लक्ष्य

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर १४, शनिबार

यही मङ्सिर १५ गतेदेखि शुरु हुने १३औँ दक्षिण एशियाली खेलकूद सागको धनुकाँण आर्चरीमा कम्तीमा तीन स्वर्ण पदकको लक्ष्यसहित नेपाली खेलाडी तथा प्रशिक्षकले मेहनत गरिरहेका छन् । श्रीलङ्कामा सम्पन्न दशौँ संस्करणदेखि नेपालले आर्चरीमा सहभागिता जनाउन शुरु गरेको थियो । पहिलो सहभागितामै मात्र सीमित रहेकामा बङ्गलादेशमा भएको ११औँ संस्करणमा टिम रिकर्भ विधामा कास्य तथा अघिल्लो पटक भारतमा भएको १२औँ संस्करणमा व्यक्तिगत विधामा कास्य पदक जितेको नेपाल घरेलु मैदानमा हुने प्रतियोगितामा भने कम्तीमा पनि तीन स्वर्ण हात पार्ने लक्ष्यमा छ । पोखरा रङ्गशालाभित्रको आर्चरी मैदानमा ७० मिटर ‘कम्पाउन्ड’ र ५० मिटर ‘रिकर्भ’ गरी दुई इभेन्टमा महिला तथा पुरुषतर्फ १० स्वर्ण, १० रजत र १० कास्य पदकका लागि प्रतिस्पर्धा हुँदैछ । रिकर्भ व्यक्तिगत, कम्पाउन्ड पुरुष तथा महिला टोलीमा स्वर्ण पदकको आश प्रशिक्षकले गरेका छन् । आर्चरीमा अरू देशभन्दा माथिल्लो स्तरमा रहेको भारत आन्तरिक विवादले खेलमा सहभागी नहुने भएपछि अन्य राष्ट्रलाई केही सहज भएको छ भने स्वर्ण प्रतिस्पर्धासमेत तीव्र हुने देखिएको छ । समूहमा बङ्गलादेश केही माथि रहे पनि नेपाल, श्रीलङ्का, पाकिस्तान र भूटानको अवस्था समान छ । माल्दिभ्सले भने खेलमा सहभागिता जनाएको छैन । गत भदौ २८ देखि ३० गतेसम्म पोखरा रङ्गशालाको आर्चरी मैदानमा सञ्चालन भएको छनोट प्रतिस्पर्धाबाट आठ÷आठ जना पुरुष तथा महिला खेलाडी छनोट गरी उनीहरुले नियमित प्रशिक्षण गरिरहेका छन् । सागका लागि नेपाली टोलीले गत जेठदेखि नियमित अभ्यास गरिरहेकाले पनि यसपटक राम्रो गर्नेमा खेलाडी आशावादी छन् । खेलाडीले लामो तयारी गरे पनि राज्यले उनीहरुलाई आवश्यक खेल सामग्री अहिलेसम्म उपलब्ध गराउन सकेको छैन । खेलाडी आफैँले लगानी गरेर सामग्री जोहो गरेर भए पनि निरन्तर अभ्यास गर्दैै आएका छन् । खेल शुरु हुन केही दुई दिन बाँकी रहँदासमेत खेल सामग्री खेलाडीले पाउन सकेका छैनन् । अभ्यासका लागि आवश्यक एरो, टार्गेट बोर्ड, दूरबिन लगायतका खेल सामग्री अहिलेसम्म उपलब्ध हुन नसकेका नेपाली टोलीका प्रशिक्षक वसन्त थकालीले बताउनुभयो । खेलाडी पहिलाभन्दा बढी खारिएर आएका र स्कोर पनि राम्रो हुँदै आएकाले पदकको आशालाई बढाएको प्रशिक्षकको भनाइ छ । “खेलाडीले लामो समयदेखि राम्रो तयारी गरेका छन्, घरेलु मैदानमा उनीहरुको मनोबल पनि उच्च छ, तर अहिलेसम्म खेल सामग्री सरकारले उपलब्ध गराएको छैन, कहिले सामग्री आएर त्यसमा अभ्यस्त भएर पदकको आशा गर्ने रु”, उहाँले भन्नुभयो । मैदानबाहेक अन्य कुनै पनि खेल सामग्री तथा पूर्वाधार तयार नहुँदा खेलाडी चिन्तित भएका छन् । सागमा आर्चरीतर्फ रिकर्भ पुरुष व्यक्तिगत, पुरुष टिम इभेन्ट, मिक्स, महिला व्यक्तिगत तथा महिला समूह र कम्पाउन्ड पुरुष व्यक्तिगत, पुरुष टिम इभेन्ट, मिक्स, महिला व्यक्तिगत तथा महिला समूह इभेन्टमा पदकका लागि प्रतिस्पर्धा हुने नेपाल आर्चरी सङ्घका अध्यक्ष दीपक गुरुङले बताउनुभयो । नेपाली टोलीमा रिकर्भ इभेन्टमा पुरुषतर्फ असिम शेरचन ९पोखरा०, रोशन नगरकोटी ९आर्मी०, डम्बरबहादुर थापा ९आर्मी०, तिलक पुन मगर ९प्रहरी० तथा महिलामा मित्र राई ९आर्मी०, ज्ञानु अवाल े९आर्मी०, विुष्णमाया लिम्बू ९पोखरा० र आइसा तामाङ ९आर्मी० रहेका छन् । त्यसैगरी कम्पाउन्ड पुरुषतर्फ रमेश भट्टचन ९काठमाडौँ०, सनातन मल्ल ९काठमाडौँ०, योगेन्द्र शेरचन ९पोखरा० र मीनप्रसाद गौचन ९काठमाडौँ० छन् । महिलातर्फ पार्सदा आचार्य ९काठमाडाँै०, मोनिका राना ९पोखरा०, रश्मी दर्लामी मगर ९पोखरा० र मञ्जु बजगाईं९आर्मी० रहेका छन् । पोखरामा सञ्चालन हुने आठ खेलका लागि ४०९ महिला र ३२९ पुरुष खेलाडी सहभागी हुने प्रचारप्रसार समितिले जनाएको छ ।
Categorized in खेलकुद