STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

१३औँ साग महिला फुटबलमा नेपालको विजयी शुरुआत

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर १७, मंगलबार

१३औँ दक्षिण एशियाली खेलकूद साग अन्तर्गतको महिला फुटबल प्रतियोगिताको आज पोखरामा सम्पन्न पहिलो खेलमा नेपालले विजय शुरुआत गरेको छ । पोखरा रङ्गशालामा सम्पन्न भएको खेलमा नेपालले श्रीलङ्कालाई १–० ले पराजित गरेको हो । नेपालले पूरा समय श्रीलङ्कालाई दबाबमा राखेको भए पनि खेलको अन्तिम मिनेटमा गोल गर्न सफल भयो । नेपालका लागि सरु लिम्बूले ८८ आँै मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । खेलको १५औँ मिनेटमा सवित्रा भण्डारी साम्भाले डिबक्सभित्र पाएको अवसरलाई सही दिशा दिन सकिनन् । नेपालले प्रतिद्वन्द्वी श्रीलङ्कालाई खेलको शुरुआतदेखि नै दबाबमा राखेको थियो । नेपालका गोल किपर अन्जिला थम्बापो सुब्बाले खेलको १८ औँ मिनेटमा बल टच गरेकी थिइन् । श्रीलङ्काले खेल अवधिभर रक्षात्मक खेल खेलेका थिए । सो को अवसरमा नेपाली खेलाडीले पटक पटक डिबक्सभित्र पाएको राम्रो अवसरलाई सदुपयोग गर्न सकेको थिएन् । टिमका क्यापटेन निरु थापाले खेलको ३८आँै मिनेटमा हानेको प्रहारलाई श्रीलङ्काका गोलकिपर अयोमी विजेराथना ले सहजै रोकिन् । नेपाली टिमका जर्सी नं नौ लगाएर मैदानमा उत्रिएकी सवित्रा भण्डारी खेल अवधिभर दर्शकको नजरमा रहिन् । खेल अवधिभर नेपालले दबाब राखेको भए पनि नतिजा निकाल्न नसके पछि नेपाली महिला टिमका हेड कोच हरि खड्काले खेलको ३२ औँ मिनेटमा दीपा राईलाई मैदान बाहिर निकालेर सरुलाई मैदानभित्र प्रवेश गराएका थिए । खेल अवधिभर पूरा दबाब राखेको नेपालले दोस्रो हाफको १३ आँै मिनेटमा साम्भाले प्रहार गरेको बल क्रस बारबाट बाहिरिएको थियो । खेलपश्चात श्रीलङ्का महिला फुटबल टिम सहायक प्रशिक्षक डिफानी सफरसिन्हाले नेपालले खेलमा हारेपनि सन्तुष्ट रहेको बताउनुभयो । उनले नेपालसँगको खेलमा खेलाडीले राम्रो खेल प्रदर्शन गरेको प्रतिक्रिया दिनुभयो । नेपाली महिला फुटबल टिमका मुख्य प्रशिक्षक हरि खड्काले आजको श्रीलङ्काविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेको बताउनुभयो ।
Categorized in खेलकुद