१,६६९ जना कोरोना संक्रमित थपिँदा ५,६९९ जना डिस्चार्ज
Janjati Khabar – Janjati Khabar | २०७७ मङ्सिर ७, आइतबार
काठमाडाैं – आज आइतबार १ हजार ६ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने आज मात्रै ५ हजार ६ सय ९९ जना डिस्चार्ज भएका छन् ।
योसंगै हालसम्म संक्रमित हुनेहरुको संख्या २ लाख २० हजार ३ सय ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आटनो आधिकारिक वेभसाइटमा उल्लेख गरेको छ ।
यसैगरी हालसम्म निको भएर घर फर्कनेको संख्या १ लाख ९९ हजार २४ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जनासहित हालसम्म १ हजार ३ सय २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
हालसम्म सक्रिय संक्रमितको संख्या भने १९ हजार ९ सय ६३ पुगेको छ ।
उपत्यकामा ९५७ संक्रमित थपिए
आइतबार काठमाडौं उपत्यकामा ९ सय ५७ जना कोरोना संक्रमित थपिएका छन् । आज काठमाडौंका ७ सय ३३ ,भक्तपुरमा ५३ र ललितपुरमा १ सय ३१ संक्रमित थपिएका हुन् ।
Categorized in राष्ट्रिय

