STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

१८ वर्षीया सुस्माको शव शिवपुरी जङ्गलमा फेला

Janjati Khabar – Janjati Khabar | २०८० चैत्र १, बिहिबार

काठमाडौँ - माघदेखि हराइरहेकी १८ वर्षीया सुस्मा लामाको शव शिवपुरी जङ्गलमा गाडेको अवस्थामा फेला परेको छ। स्थानीयले हातदेखेपछि खबर पाएको प्रहरीले गोकर्णेश्वर नगरपालिका–३, तारेभीरको लामाको शव फेला पारेको हो।

लामा माघ २२ मा कलेज गएपछि फर्किएकी थिइनन्। उनको परिवारले माघ २५ गते उनी हराएकोबारे प्रहरी वृत्त बौद्धमा निवेदन दिएका थिए।

उनी बुढानीलकण्ठको सामुदायिक विद्यालयमा कक्षा १२ अध्ययनरत थिइन्। उनी हराएपछि साथीहरूबाट विवाह गरेको भन्ने सुनेपछि केही समय परिवार खोज्नतिर लागेन। तर एक महिनासम्म पनि छोरी सम्पर्कमा आइनन्।

घाँस काट्न जङ्गल गएका एक स्थानीयले मान्छेको हात जस्तो देखेपछि बुधवार प्रहरीलाई जानकारी गराएका थिए। प्रहरीले फरेन्सिक विज्ञसहित लगेर गाडेको शव निकाल्दा शवको हात र खुट्टा डोरीले बाँधेको अवस्थामा भेटिएको थियो।

Categorized in अपराध-दुर्घटना