२थान पेस्ताेल र १० राउण्ड गाेलीसहित २ जना पक्राउ
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र ४, बिहिबार
काठमाडौं – काठमाडाैंकाे माछापाेखरीबाट प्रहरीले २थान पेस्ताेल र १० राउण्ड गाेलीसहित २ जनालाई पक्राउ गरेकाे छ ।
लुटपाट गर्ने उद्देश्यले उनीहरु अटोमेटिम पेस्तोल लिएर हिड्दै गर्दा पक्राउ परेका हुन् । प्रकरणमा संलग्न एकजना माछापोखरीबाट समातिएका छन् भने अर्का व्यक्ति नुवाकोटबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरु अमरसिहं तामाङ र विकेश पण्डित भएकाे महानगरीय अपराध महाशाखाले जनाएको छ ।
तामाङ डाँका सम्बन्धी मुद्दामा ६ वर्ष २ महिना कैद भुक्तान गरेर गत २२ फागुनमा छुटेका थिए ।
Categorized in अपराध-दुर्घटना