STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

२२ सय ५३ जना नयाँ संक्रमित थपिए

Janjati Khabar – Janjati Khabar | २०७७ आश्विन १८, आइतबार

काठमाडाैं – पछिल्लो २४ घण्टामा देशभर २ हजार २ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ८६ हजार ८ सय २३ पुगेको छ । 

देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा १२ हजार ७ सय ८४ जनाको पीसीआर परीक्षण गर्दा आज २ हजार २ सय ५३ जनामा कोरोना पुष्टि भएको हो ।

त्यस्तै, गत २४ घण्टामा १ हजार ३ सय २९ संक्रमित उपचारपछि घर फर्किएका छन् । योसहित कोरोना संक्रमणमुक्त हुनेको संख्या ६४ हजार ६९ पुगेको छ । 

अहिले नेपालमा २२ हजार २ सय १९ सक्रिय संक्रमित छन् ।

मन्त्रालयका अनुसार आज थप ७ संक्रमितको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ३५ पुगेको छ ।

Categorized in राष्ट्रिय