STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

२३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव

Janjati Khabar – Janjati Khabar | २०७७ पौष ५, आइतबार

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् ।

संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका उनले २३ वैशाखमा चुनाव प्रस्ताव राखेका छन् । २९ वैशाखको विकल्पमा पनि छलफल भइरहेको स्रोतले जनाएको छ ।

यद्यपि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन र चुनाव घोषणाको सिफारिस अनुमोदन गर्न बाँकी छ। प्रधानमन्त्री भने शीतल निवासबाट बाहिरिएका छन् ।

Categorized in राजनीति