STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

२४ घण्टाभित्र कर नतिर्न ‘फन पार्क’लाई महानगरको चेतावनी

Janjati Khabar – Janjati Khabar | २०७९ भाद्र १५, बुधबार

 

काठमाडौं - काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपस्थित ‘काठमाडौं फन पार्क प्रालि’लाई कर तिर्न ताकेता गरेको छ । बुधबार काठमाडौं महानगरको राजस्व विभागले पत्राचार गर्दै २४ घण्टाभित्र व्यवसाय कर, बहाल कर, मनोरन्जन कर र विज्ञापन कर तिर्नका लागि फन पार्कलाई ताकेता गरेको हो ।

महानगरका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीमार्फत् गरिएको पत्राचारमा तोकिएको अल्टिमेटमभित्र कर नतिरे फनपार्क शिलबन्दी गरी असुल उपर गरिने चेतावनी दिइएको छ ।

पत्राचारमा भनिएको छ, ‘व्यवसाय कर र बहाल कर सम्बन्धित वडा कार्यालयमा र विज्ञापन तथा मनोरञ्जन कर महानगरपालिकाको राजस्व विभाग बबरमहलमा गई पत्र प्राप्त भएको २४ घण्टाभित्र सम्पूर्ण बाँकी रकम र सोको लाग्ने जरिवानासमेत दाखिला गर्नुहुन अनुरोध छ ।’

त्यस्तै, तोकिएको समयभित्र नबुझाएमा त्यस फनपार्क शिलबन्दी गरी तिर्नुपर्ने राजश्व सरकारी बाँकी सरह असुल उपर गरिने पनि जानकारी गराइएको छ ।

महानगरका राजस्व विभाग प्रमुख अधिकारीका अनुसार फन पार्कले विगत ७ वर्षदेखि कर तिरेको छैन । उनले भनेका छन्, ‘भोलि बेलुकासम्म बक्यौता कर नतिरे बन्द गर्ने चेतावनी दिएर आएका छौं ।’

समाजकल्याण परिषद्को स्वमित्वमा रहेको उक्त क्षेत्रमा काठमाडौं फनपार्क पार्क प्रालिले भाडामा भौतिक संरचनाहरु निर्माण गरी विभिन्न खेल गतिविधि सञ्चालन गर्दै आएको छ । काठमाडौं फनपार्क नेपाली कांग्रेसका नेता एवं पूर्वश्रमराज्य मन्त्री टेकबहादुर गुरुङको कम्पनी हो ।

Categorized in उपत्यका