STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

२५७० औं बुद्धजयन्तीको अवसरमा कीर्तिपुर नगरभित्र ‘कीर्तिपुर साइकल ¥यालि’ हुने

Janjati Khabar – ललेन्द्र शाक्य | २०८३ बैशाख १७, बिहिबार

२५७० औं बुद्धजयन्ती स्वाँयापुन्हीको उपलक्ष्यमा बैशाख १८ गते शुक्रबार बुद्धजयन्तीका दिन ५ वडास्थित कीनपा पाँगामि राइडर्स क्लबको आयोजनामा ‘कीर्तिपुर साइकल ¥यालि’को आयोजना हुने भएको छ ।


बैशाख १८ गते शुक्रबार विहान ७ बजेदेखि १२ बजेसम्म हुने उक्त साइकल ¥यालि नयाँ साइकलिष्टहरुको सम्मान एवं प्रोत्साहन स्वरुप हुनलागेको जानकारी आयोजक संस्थाले दिएको छ ।

कीर्तिपुर पांगास्थित कीर्तिपुर सिनेप्लेक्स हलबाट सुभारम्भ हुने उक्त साइकल ¥यालिमा सहभागी संख्या १०० देखि १२० सम्म हुने र ¥यालिको दूरी २० किलोमिटर कीर्तिपुर भित्र हुने जानकारी आयोजक संस्था कीनपा पाँगामि राइडर्स क्लबले जनाएको छ ।

यस्तै उक्त साइकल ¥यालिको प्रायोजकको रुपमा कीर्तिपुर नगरपालिका वडा नं. ५ र ८ एवं कीर्तिपुर नगरपालिका रहेको छ । यस्तै सह–प्रायोजकको रुपमा कीर्तिपुर सिनेप्लेक्स तथा सहयोगीको रुपमा नेपाल रेडक्रस सोसाइटी, गाम्चा भिलेज इन, तिसा गेष्ट हाउस एण्ड रेष्टुरेन्ट रहेको छ भने मिडिया पार्टनरको रुपमा कीर्तिपुर मिडिया हासउद्वारा संचालित कीर्ति अनलाइन रहेको छ ।

उक्त साइकल ¥यालि कीर्तिपुर सिनेप्लेक्स हलबाट ब्रेकफास्ट गरी पांगा दोबाटो, लोकतान्त्रिक चोक, कीर्तिपुर गेट, विहार मुनिको बाटो हुँदै भाजंगल, वैष्णवी मा.वि., स्टिल ट्यांकी, विष्णुदेवी मन्दिर हुँदै इटागोल, हुपिल्याण्ड, जल विनायक, टौदहको बीग मार्ट पानी ब्रेक, क्वाःर, लनगोल, झवाहिति सिम, भत्क्यापाटी, गाम्चा भिलेज इन (रिफ्रेशमेन्ट ब्रेक र फोटो शुट), सल्यानस्थान, विश्व राष्ट्रिय मा.वि., सागल, देवढोका, नेवाः एफएम चोक, अजिमा पार्क, त्यालँ चोक (रिफ्रेशमेन्ट), मंगल मा.वि., चिठु, तःननी, चिलंचो, ल्वहँ देगः, बाघभैरव, लायकू (पानी ब्रेक), समल, लहना, कीर्ति पासा पुच क्लब, नगाउँ दोबाटो, नगाउँ भित्र, छुगां, भत्क्यापाटी अगाडी, कन्याचौर वडा ५ कार्यालय, जाखा, दथल, देउखेल, लाछीबाट भइन, याकः छेँ, सालिक, पांगा मा.वि., टाउन प्लानिङ, हनुमानघाट, तिसा गेष्ट हाउस (समापन, लक्की ड्र, प्रमाणपत्र वितरण साथै खाना) भई सम्पन्न हुने जानकारी आयोजक संस्था कीनपा पाँगामि राइडर्स क्लबका सचिव रविन्द्र महर्जनले दिनुभएको छ ।

उक्त साइकल ¥यालिमा साइकल मर्मतका लागि राजभाई महर्जन र राजकुमार महर्जनले जिम्मा लिनुभएको छ भने मेडिकलको जिम्मा अमिर कुमार महर्जन र उपेन्द्र महर्जनले तथा अन्य कुनै समस्या परे श्रीकृष्ण महर्जन तथा सरिता महर्जनले जिम्मा लिनुभएको छ ।

Categorized in खेलकुद