STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

२ लाख ६८ हजार नक्कली नोटसहित एक जना पक्राउ

Janjati Khabar – Janjati Khabar | २०७९ चैत्र २४, शुक्रबार

काठमाडौं - नक्कली नोटसहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

बरहथवा नगरपालिका–१७ कटानीबाट प्रहरीले १ हजार नोटको २ लाख ६८ हजार नक्कली नोटसहित एक व्यक्तिलाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनको साथबाट नक्कली नोटसहित नोट बनाउने कागजातसमेत बरामद भएको बरहथवा प्रहरीले जनाएको छ । अन्य केही व्यक्ति फरार भएकाले पक्राउ परेकाको ब्यक्तिको बारेमा खुलाउन नसकिएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रको नेतृत्वमा खटिएको प्रहरी टोलीले २४ बण्डल नोट आकारका कागजसहित बीआर ३० एम ३८२५ र बीआर ३० ए ५९६८ नम्बरको भारतीय प्लेटको मोटरसाइकल समेत बरामद गरेको छ ।

सर्लाहीमा नक्कली नोटको जालो फैलिँदै गएको सर्लाही प्रहरीले जनाएको छ । विगत तीन महिना यता नक्कली नोटसहित १० जनालाई सर्लाही प्रहरीले नियन्त्रणमा लिइसकेको छ । सुवेदी सर्लाही प्रहरी प्रमुख भएर आएपछि नक्कली जाली नोट कारोबारीहरुको निधहराम भएको छ ।

यसअघि तीन महिनाको अवधिमा प्रहरीले १ हजार दरका ६८ हजार नक्कली रुपैयाँसहित ९ जनालाई नियन्त्रणमा लिई काराबाही गरेको थियो । कारबाही गरियको मध्ये ६ जना पुर्पक्षका लागि थुनामा छन् भने तीन जना १–१ लाख धरौटीमा रिहा भएको सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

उनले तीन महिनायता ३ लाख ३६ हजार नक्कली रुपैयाँसहित २ सय ३७ बण्डल नोट आकारको कागज र कागज काट्ने मेसिन बरामद भएको बताए । प्रहरी उपरीक्षक सुवेदीका अनुसार नक्कली रुपैयाँको संगठित रुपमा कारोबार भइरहेको छ ।

Categorized in अपराध-दुर्घटना