३६ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरूवा
Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २, मंगलबार
काठमाडौं – प्रहरी प्रधान कार्यालयले असार १ देखि लागु हुनेगरी ३६ प्रहरी उपरीक्षक (एसपी)हरूको सरूवा गरेको छ ।
महानिरीक्षक ठाकुर ज्ञवालीले गरेको निर्णय अनुसार उनीहरूले असार महिनाको तलब, भत्ता समेत सरूवा भएको ठाउँबाट खानेछन् ।
महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी सविन प्रधानको पनि सरूवा भएको छ । उनलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा तानिएको छ । भक्तपुरमा अब नयाँ एसपीको रुपमा तारादेवी थापा आउँदैछिन् ।
यसैगरी बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, मकवानपुरमा रहेका एसपी अरूण पौडेलको सरुवा जिल्ला प्रहरी कार्यालय तनहुँमा भएको छ ।
यसैगरी जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी उमाप्रसाद चतुर्वेदी प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो विशेष अपराध अनुसन्धान महाशाखा महाराजगन्जमा तानिएका छन् ।
Categorized in राष्ट्रिय