STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

३ न. प्रदेशस्तरीय प्रजातन्त्र दिवस मूल समारोह समिति गठन

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण ३, शुक्रबार

यही फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाउन प्रदेश नं ३ को मुख्यमन्त्री डोरमणि पौडेलका अध्यक्षतामा ३४१ सदस्यीय प्रदेशस्तरीय मूल समारोह समिति गठन गरिएको छ । आज गठन गरिएका उक्त समितिका उपाध्यक्षमा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेल र सदस्य सचिवमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव आनन्दराज ढकाल रहनुभएको छ । उक्त समितिका सदस्यमा प्रदेश नं ३ का मन्त्री, नीतियोजना आयोगका उपाध्यक्ष र सदस्य, प्रदेशसभाका सदस्य, विभिन्न कार्यालय प्रमुख, सुरक्षा निकायका प्रमुखलगायत रहनुभएको छ । यही फागुन ६ गते बिहान प्रदेशको सदरमुकाममा सरसफाइ, खेलकूद कार्यक्रम र फागुन ७ गते बिहान प्रभातफेरी एवम् प्रजातन्त्र दिवसको महत्वबारे प्रकाश पार्ने कार्यक्रम रहेको मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव ढकालले बताउनुभयो ।
Categorized in राष्ट्रिय