STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

७५ हजार धरौटी बुझाएर छुटे रास्वपाका पूर्वसांसद ढाकाकुमार

Janjati Khabar – Janjati Khabar | २०८१ आश्विन १०, बिहिबार

लागुऔषध कारोबारको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वसांसद ढाकाकुमार श्रेष्ठ रिहा भएका छन्। जिल्ला अदालत कास्कीका न्यायाधीश भोलानाथ ढकालको इजलासले उनलाई बुधबार उनलाई ७५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।

उक्त आदेश दिएसँगै ७५ हजार रुपैयाँ धरौटी बुझाएर छुटेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त शर्माले जानकारी दिए। लागुऔषध ट्याबलेटसहित पक्राउ परेका पोखरा महानगरपालिका-४ का ४२ वर्षीय प्रकाश थापाको बयानका आधारमा प्रहरीले पूर्वसांसद श्रेष्ठलाई पक्राउ गरेको थियो।

९७ चक्की लागुऔषध ट्याबलेटसहित पक्राउ परेका थापासँग प्रहरीले सोधपुछ गर्दा उक्त ट्याबलेट पोखरा महानगरपालिका –९ पृथ्वीचोकमा रहेको दिया फार्मेसीबाट खरिद गरिएको बताएका थिए। लागुऔषध बेचबिखनमा पक्राउ परेका श्रेष्ठलाई यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले अनैतिक गतिविधि गरेको भन्दै सांसद र पार्टी सदस्यबाट निष्कासन गरेको थियो।

आफू मन्त्री बन्न पार्टी सभापति रवि लामिछानेको टिमले २ करोड रूपैयाँ मागेको भन्दै उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग टेलिफोन वार्तामा दिन भनेका थिए। उक्त टेलिफोन संवाद सार्वजनिक भएपछि उनलाई रास्वपाले कारबाही गरेर सांसद र पार्टी सदस्यबाट निकालेको थियो।

Categorized in अपराध-दुर्घटना