ओलीलाई साथ दिने जसपाका सांसदहरुमाथि कारबाही निर्णय
Janjati Khabar – Janjati Khabar | २०७८ जेठ ९, आइतबार
जसपाको कार्यकारिणी समितिको बैठकले राजेन्द्र महतोका संसदीय दलको नेताको पद खारेज गर्नुका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई साथ दिने सांसदहरुलाई कारवाही गर्ने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष उपेन्द्र यादवका अध्यक्ष उपेन्द्र यादवका अध्यक्षतामा शनिवार साँझ बसेको कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको जनाइएको छ ।
पार्टीको विधानविपरीत फर्जी तरिकाले अध्यक्ष महन्थ ठाकुरले महतोलाई संसदीय दलमा चयन गरेको भन्दै बैठकले उनको पदलाई खारेज गरेको हो ।
यसअघि अध्यक्षद्वय ठाकुर र उपेन्द्र यादवबीच भएको छलफलमा पनि राजेन्द्र महतोको सो पदलाई खारेज गर्ने निर्णय भएको थियो । तर अध्यक्ष ठाकुरले अझै त्यसलाई निरन्तरता दिएकोप्रति बैठकमा आपत्ति जनाइएको थियो ।
बैठकले अध्यक्ष महन्थ ठाकुर र नेता महतोले पार्टीको निर्णयविपरित काम गरेको कारण स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको छ । त्यस्तै, प्रधानमन्त्री ओलीले चालेको प्रतिगामी कदमलाई समर्थन गर्दै गठन गरिएको कार्यदलमा बसेको कारण लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पनि स्पष्टीकरण सोध्ने निर्णय भएको छ । ओलीकौ प्रतिगमन कदम चाल्न साथ दिने जसपा नेपालका सांसदहरुलाई पनि कारवाही गर्ने निर्णय बैठकले गरेकाे छ ।
Categorized in राजनीति

