STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

‘एक गाउँ, एक प्राविधिक’ मा जोड

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण ४, आइतबार

सुदूरपश्चिम प्रदेशमा रहेका कृषि प्राविधिकहरुले तीन वटै तहका सरकारसित समन्वय गरेर कृषि क्षेत्रको विकास अग्रसर रहनेमा जोड दिएका छन । कञ्चनपुरको बेदकोटस्थित कृषि तालिम केन्द्र सुन्दरपुरमा शनिबार नेपाल कृषि प्राविधिक एशोसियसन नाटा सुदूरपश्चिम प्रदेश कमिटिले आयोजना गरेको भेलामा सहभागी कृषि प्राविधिकहरुले स्थानीय, प्रदेश र संघीय सरकारसितको समन्वयकारी भूमिकामा रहेर कृषि क्षेत्रको विकासमा अग्रसर हुने निर्णय गरेका हुन । भेलाले ‘एक गाउँ, एक प्राविधिक’को समुचित व्यवस्थापन तथा निरन्तरता दिने निर्णय गरिएको नाटा सुदूरपश्चिम प्रदेश कमिटिका सह–सचिब जनकबहादुर सिंहले जानकारी दिनुभयो । “कृषि विकास कार्यक्रम सञ्चालन तथा अनुदान वितरणमुखी नभई उत्पादनमुखी हुनुपर्नेमा समेत कृषि प्राविधिकहरुको एकमत छ उहाँले भन्नुभयो–“कृषि क्षेत्रको बजेटमा गरिएको उपेक्षा हटाउन १५ प्रतिशतसम्म छुट्याउन पहल गर्नेछौं ।” सुदूरपश्चिमका नौ वटै जिल्लाका कृषि प्राविधिकहरुको सहभागिता रहेको भेलाको उद्घाटन सुदूरपश्चिम प्रदेश भूमि व्यवस्थापन, कृषि तथा सहकारी विकास मन्त्रालयका योजना महाशाखा प्रमुख गोकुलप्रसाद बोहराले गर्नुभएको थियो । नाटाका प्रदेश संयोजक कमलापति भट्टको सभापतित्वमा भएको भेलामा नाटाका केन्द्रीय उपाध्यक्ष दुर्गाप्रसाद ओझा, केन्द्रीय सदस्य खेमराज पनेरु, कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख रामचन्द्र भट्ट र कृषि तालिम केन्द्रका प्रमुख जनकराज जोशी लगायतको सहभागिता रहेको थियो ।
Categorized in राष्ट्रिय