STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

‘जि–२०’ को बौद्धिक समूह बैठकलाई डा।महतले सम्बोधन गर्ने

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १०, शुक्रबार

विकसित राष्ट्रहरुको अन्तर्राष्ट्रिय मञ्च जि–२० लाई विश्वव्यापीरूपमा देखिएका दिगो विकासका चुनौतीहरुहरुका सन्दर्भमा आवश्यक सुझाव दिन बनेको बौद्धिक समूह टी–२० को शिखर बैठकमा सहभागी हुन नेपाली काग्रेसका सहमहामन्त्री डा।प्रकाशशरण महत गए राति जापान जानुभएको छ । 
जापानको राजधानी टोकियोमा आजदेखि चार दिनसम्म ९मे २४ देखि २७० सञ्चालन हुने सो शिखर बैठकमा पूर्व परराष्ट्रमन्त्री समेत रहेका डा।महतले जि–२० लाई आवश्यक सुझाव दिनका लागि बनेको उक्त बौद्धिक समूह बैठकलाई नेपालको तर्फबाट सम्बोधन गर्नुहुनेछ ।  
जि–२० समूहले दिगो विकासका लागि विश्वव्यापीरूपमा देखिएका चुनौतीहरुको समाधानका लागि आवश्यक सुझावहरु संकलन गर्न सो बौद्धिक समूहको गठन गरेको हो । 
सहमहामन्त्री डा।महतले ती चुनौतीहरुको समाधानका पक्षमा विश्वव्यापी सुशासन लगायतका विषयमा नेपालजस्तो अति कम विकसित राष्टहरुका तर्फबाट धारणा राख्नुहुने छ । सो बैठकमा जि–२० समूहका सदस्य राष्ट्रका तर्फबाट विशेषज्ञहरुको सहभागिता हुने छ । 
Categorized in राष्ट्रिय