STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

‘तीनकुने हिंसा’को सबै जिम्मा पूर्वराजाले लिनुपर्छ : कांग्रेस

Janjati Khabar – Janjati Khabar | २०८१ चैत्र १७, आइतबार

काठमाडौं - कांग्रेसले ‘तीनकुने हिंसा’को जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निष्कर्ष निकालेको छ ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले आन्दोलन गर्ने समिति ज्ञानेन्द्र शाहले नै बनाएको भन्दै सम्पूर्ण घटनाको जिम्मा पूर्वराजाले लिनुपर्ने निष्कर्ष कांग्रेसले निकालेको प्रवक्ता प्रकाशशरण महतले जानकारी गराए ।

“अराजक अवस्था देखाइयो । त्यसमा समीक्षा गरेर हिजोको घटनालाई गम्भीर भन्दै भ्रत्सना गरेका छौँ । निरंकुश शासनतर्फ लैजाने मनसायका साथ योजना बनाइएको छ। जहाँ जहाँ आक्रमण गर्ने हो योजनाका साथ भएको छ । अन्य कैयौँ घाइते भएका छन् । यसको सम्पूर्ण जिम्मेवारी पूर्वराजाले लिनुपर्छ उहाँले नै समिति गठन गर्नुभएको हो,” उनले भने ।

त्यसैगरी कांग्रेसले संविधान पक्षधर सबै राजनीतिक दलका नेताहरुसँग सर्वपक्षीय छलफल गर्ने भएको छ ।

Categorized in राजनीति