STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

‘नाटक हेर्छ पोखरा’

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण १६, बिहिबार

गैह्रापाटनस्थित पोखरा थियटरको गन्धर्व नाट्यघरमा बुधबारदेखि शुरु भएको पोखरा अन्तरराष्ट्रिय नाटक महोत्सव जारी छ । महोत्सवको पहिलो दिन वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठद्धारा लिखित ‘निरमाया’ नाटक प्रस्तुत गरिएको थियो । ‘नाटक हेर्छ पोखरा’ भन्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्विसुब्बा गुरुङले महोत्सव उद्घाटन गर्नुभएको थियो । उहाँले गण्डकी प्रदेश प्रज्ञा –प्रतिष्ठान चाँडै गठन गर्ने तयारी रहेकोे बताउँदै कला, साहित्य, संगीत, नाटक लगायतका संस्कृति संरक्षण गर्न बहुसाँस्कृतिक ग्राम निर्माण गर्नुपर्नेमा जोड दिनुभएको थियो । पोखराका दुई क्रियाशील नाट्य संस्था पोखरा थिएटर र युथ क्रियशन थिएटरको संयोजनमा आयोजित महोत्सव यही फागुन २२ गतेसम्म चल्नेछ । पोखरा थिएटरका अध्यक्ष एवं महोत्सव निर्देशक परिवर्तनले नाटकघर सञ्चालनमा आएपछि पाँच हजार दर्शकले नाटक हेरेको बताउँदै गन्धर्व नाटकघरमा एक वर्षका अवधिमा २३ नाटक मञ्चन हुँदा पोखरामा बाहिरी जिल्लाबाट नाटक हेर्न आउने दर्शकको सङ्ख्या बढ्दै गएको जानकारी दिनुभयो । महोत्सवमा फागुन १६ गते भारतको ‘ब्ल्याक एण्ड ह्वाइट’, फागुन १७ गते मेसेडोनियाको ‘प्राइभेट कन्फेन्सन’, फागुन १८ गते नेपालको ‘कन्फेसन’, फागुन १९ गते नेपालकै ‘गैँडा टाइम्स’, फागुन २० गते भारतको ‘इन ट्रान्जिट’, फागुन २१ गते नेपालको ‘मेमोरी यार्ड’ र अन्तिम दिन फागुन २२ गते युथ क्रियशन थिएटर पोखराको ‘घेरो’ नाटक मञ्चन हुने बताइएको छ ।

Categorized in सिनेमा