STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

‘नेपाल–इजरायल कोरोना योजना’ गठन

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ३०, शुक्रबार

विजयरत्न असंबरे


कोराेनाको महामारीबाट उत्पन्न प्रभाव कम गर्न र आवश्यक चिकित्सकीय व्यवस्थापनका लागि नेपाल–इजरायल केरोना योजना (एनआइसीआई ) गठन गरेको कुरा इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्यले जानकारी दिनुभएको छ । कोभिड–१९ को उपचार सम्बन्धी ज्ञान र अनुभव एकापसमा आदान–प्रदान गर्दै कोरोना सम्बन्धी समस्या समाधानका लागि पहल गर्ने उदेश्यले नेपाल–इजरायल कोरोना योजना (एनआइसीआई) गठन भएको हो । गत जेठ १३ गते इजरायल स्थित नेपाली राजदूतावासको संयोजनमा नेपाल र ईजरायलका चिकित्सकहरुबीच नेपालमा बढ्दै गएको कोरोना संक्रमण नियन्त्रण र न्युनिकरणका लागि इजरायलले प्राप्त गरेका अनुभव र सफलताका विषय आदन–प्रदानका लागि भर्चुअल सम्वाद भएको थियो भने ‘नेपालमा पछिल्लो सयम फैलिंदो क्रममा रहेको कोरोना संक्रमण र त्यसबाट उत्पन्न प्रभाव कम गर्न र आवश्यक मेडिकल व्यवस्थापनका लागि सहयोग आदान–प्रदान गर्ने उदेश्यले यो योजना गठन गरेको हो,’ राजदूत शाक्यले भन्नुभयो, ‘ईजरायल कोरोना नियन्त्रणमा सफल देखिएको सन्दर्भमा ईजरायलको अत्याधुनिक प्रविधि, ज्ञान र अनुभवबाट नेपाल लाभान्वित हुन सक्ने अपेक्षा हामीले लिएका छौँ ।’ यो समितिमा दुबै देशका विशेषज्ञ डाक्टरहरु तथा विज्ञहरुको आ–आफ्नै समिति बनाएको दूतावासले जानकारी दिएको छ । राजदुत शाक्यका अनुसार सो समितिमा नेपालका तर्फबाट स्वास्थ्य सेवा विभाग महानिर्देशक दिपेन्द्र रमण सिंह, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला, स्वास्थ्य सेवा विभागका निर्देशक तारानाथ पोखरेल, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा, स्वास्थ्य सेवा विभागकी निर्देशक रोशनी लक्ष्मी तुइतुइ, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. गुणनिधि शर्मा, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर अनुप बास्तोला, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक, भीम प्रसाद सापकोटा, नेपाल सशस्त्र प्रहरी अस्पताल डा. शैलेन्द्र श्रेष्ठ, नेपाल आर्मी अस्पतालका डा. अरुण न्यौपाने, नेपाल आर्मी अस्पतालका डा.सुशील रावल, नेपाल प्रहरी अस्पतालका डा. आशिष दत्त, पाटन अस्पतालमा डा. आशिष श्रेष्ठ, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका डा. सन्त कुमार दास सदस्यका रुपमा रहनु भएको छ । नेपाल पक्षको संयोजकमा काठमाडौं विश्वविद्यालयका डा. विराज कर्माचार्य गर्नु हुने भएको छ भने इजरायलको तर्फबाट भौगोलिक र उष्ण प्रदेशीय केन्द्रका प्राध्यापक एली स्वार्य, आन्तरिक संक्रामक रोग र औषधीका विशेषज्ञ मिक एल्केन, इपिडियोमोलोजी तथा पब्लिक हेल्थका प्राध्यापक नदेव ड्याभिडोविच , बालचिकित्सक असर मोइजर रहनु भएको छ । इजरायली पक्षको संयोजनाकर्तामा डाक्टर एडा गन्सच् रहनु भएको छ । यो कार्यका लागि नेपाल स्थित इजरायली राजदूतावासका राजदूत पनि सहभागी हुनुहुनेछ । विश्व स्वास्थ्य संगठनको तथ्याङक अनुसार इजरायलमा अहिलेसम्म १८ हजार २ सय ६८ संक्रमित भएका छन् भने । १ सय ७९ नयाँ संक्रमित फेला परेका छन् । अहिलेसम्म इजरायलमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ सय ९९ छ । राजदूत शाक्यका अनुसार योसँगै नेपाल र इजरायलबीचको दौत्य सम्बन्ध अझ प्रगाढ बनाइराख्न इजरायलको प्रविधि, कृषि, स्वास्थ्य जस्ता क्षेत्रमा नेपाललाई सहयोग गर्ने सम्बन्धमा विभिन्न सम्झौताहरु सम्पन्न भइसकेको छ । ती सम्झौताहरु कोरोनाको महामारी न्यून भएपछि कार्यान्वय हुनेगरी अघि बढाउने तयारी भईरहेको कुरा राजदुत शाक्यले बताउनु भयो।
Categorized in राष्ट्रिय