STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

‘न्हूदँया भिंतुना ! नववर्ष ११४१ कोरोनामुक्त नयाँ वर्ष होस् !!’

Janjati Khabar – जनजातिखबर संवाददाता | २०७७ कार्तिक १६, आइतबार

काठमाडौं – नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समितिले यस वर्ष नेपाल संवत् ११४१ को न्हूदँ (नववर्ष) मनाउन नारा सार्वजनिक गरेको छ ।

नववर्ष मनाउन वर्षैभरि हुने सभा, समारोह एवं विविध कार्यक्रमको लागि न्हूदँ राष्ट्रिय समारोह समितिले आज सार्वजनिक गरेको संयुक्त नारा ‘न्हूदँया भिंतुना ! न्हूदँ ११४१ कोरोनामुक्त न्हूदँ दँ जुइमाः’ (नववर्षको शुभकामना ! नववर्ष ११४१ कोरोनामुक्त नयाँ वर्ष होस्) भन्ने रहेको छ ।

नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४१ व्यवस्थपन समितिको आयोजनामा आज आइबार बसेको भर्चुअल सभाले सो नारा पारित गरेको हो ।

न्हूदँ राष्ट्रिय समारोह समिति ११४१ का अध्यक्ष रमेश महर्जनको सभापतित्वमा भएको कार्यक्रममा नेवार अगुवा मल्ल के. सुन्दरलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले आ–आफ्ना मन्तव्य राखेका थिए ।

देशव्यापी नववर्ष मनाउन वर्षैभरि हुने सभा, समारोह एवं विविध कार्यक्रममा सो नारा प्रयोग गर्न न्हूदँ राष्ट्रिय समारोह समितिले सबैमा अनुरोध पनि गरेको छ ।

 

Categorized in राष्ट्रिय