STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

‘पुन’ लाई मगर जतिबाट हटाएको भन्दै मगर संघको विरोध

Janjati Khabar – Janjati Khabar | २०८० जेठ ३०, मंगलबार

काठमाडौं - राष्ट्रिय तथ्याङ्क कार्यालयले जाति, भाषा र धर्म सम्बन्धिको तथ्याङ्कमा आदिवासी मगर जाति भित्रको एक प्रमुख थर मध्ये ’पुन’ जातिलाई छुट्टै गणना गरेको भन्दै नेपाल मगर संघले विरोध जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको मातहतमा रहेको सो कार्यालयले २०८० जेष्ठ १९ गते जारी गरेको तथ्याङ्क त्रुटिपूर्ण रहेको भन्दै त्यसलाई तुरुन्त सच्याउन माग गरेको छ । मंगलबार संघको रौतहट कार्यसमितिले इलाका प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्ञापन पत्र बुझाउँदै मगर जातिसँग यथोचित परामर्श नगरी हालसम्म एक ढिक्का रहेको मगर जातिलाई फुटाउने दुरासयाले पुनको छुट्टै संख्या निकाल्ने कार्य अक्षम्य गल्ति भएको भन्दै यसलाई सच्याउन प्रधानमन्त्रीले निर्देशन दिन माग गरेको छ ।

‘आदिवासी जनजाति प्रतिष्ठान ऐन २०५८ बमोजिम सुचिकृत संख्यात्मकहरुमा सबैभन्दा धेरै संख्यामा रहेको आदिवासी मगर जाति भित्रको एक प्रमुख थर मध्ये ’पुन’ हो र यो पुन छुट्टै जाति नभएर मगर समुदाय भित्रकै एक महत्वपूर्ण थर भएको तर नेपाल सरकार अन्तर्गतको राष्ट्रिय तथ्याङ्क कार्यालयमा लिखितरुपमा पटकपटक ध्यानाकर्षण तथा ज्ञापन पत्र बुझाउँदा बुझाउँदै पनि हामीसँग यथोचित परामर्श नगरी हालसम्म एक ढिक्का रहेको मगर जातिलाई फुटाउने दुरासयाले पुनको छुट्टै संख्या निकाल्ने जस्तो अक्षम्य गल्ति भएको छ । सम्माननीय प्रधानमन्त्री मातहतको निकाय जस्तो उच्च निकायले गरेको गम्भीर त्रुटीले हाम्रो समाजमा भौतिक, मानसिक र नैतिक समस्या सृजना गरेको छ । सरकारको यस प्रकरको त्रुटिले मिलेर बसेको मगर समुदायमा द्वन्दको बिजारोपण भएको हुनाले तुरुन्तै सच्याउन हुन् हार्दिक अनुरोध गर्दछौँ,’ ज्ञापनपत्रमा भनिएको छ ।

ज्ञापन पत्रमा इतिहास, भूगोल, भाषा संस्कृति भेषभुषा, रहनसहन र प्राचिनताको हिसावले पुनहरु मगर जाति भित्रको एक प्रमुख थर भएको हुनाले ३ दिन भित्र पुन जाति भनि सार्वजनिक गरिएको ९ हजार ८२७ को संख्यालाई तुरुन्तै मगर जातिको संख्यामा गाभ्न प्रधानमन्त्रीले निर्देशन दिनुपर्ने अन्यथा आफ्नो जातीय पहिचान र अस्तित्वका लागि सशक्त आन्दोलनमा जाने चेतावनी पनि दिइएको छ ।

नेपाल मगर संघ जिल्ला कार्य समिति रौतहटका अध्यक्ष शेर बहादुर थापा मगरको नेतृत्वमा गएको टोलीले इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख झरेन्द्र प्रसाद चापागाइलाई ज्ञापन पत्र बुझाएको हो ।

कार्यक्रममा नेपाल मगर संघका प्रस्वावित केन्द्रिय सदस्य धन बहादुर थापा मगर , प्रदेश सदस्यहरु डोल बहादुर ठाडा मगर, कुमार अस्थानी मगर, जनजाति महासंघ रौतहटका अध्यक्ष नरेन्द्र राना मगर, जिल्ला कमिटी सदस्य अनिल कुमार सारुमगर लगायतका मगर अगुवाहरुको सहभागिता रहेका थियो ।

Categorized in राजनीति