STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

‘प्रदेश प्रदेशमा गाईजात्रा’

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र २, सोमबार

पोखरामा यही भदौ ६ गते गाईजात्राको आयोजना गरिने भएको छ । ब्रान्ड बर्थको आयोजना र लायन्स क्लब अफ पोखरा पिस सोसाइटीको संयोजनमा ‘प्रदेश प्रदेशमा गाईजात्रा’ गरिने भएको हो । ब्रान्ड बर्थले सातै प्रदेशमा यो कार्यक्रमको आयोजना गरेको हो । पोखरामा लामो समयदेखि हास्यव्यङ्यमूलक कार्यक्रम नभएको भन्दै यसपालिको गाईजात्राले पोखरेलीलगायत गण्डकी प्रदेशका दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरिने कार्यक्रम संयोजक शैलेन्द्र कर्माचार्यले जानकारी दिनुभयो । गाईजात्रा कार्यक्रममा चर्चित हास्यव्यङ्य कलाकार मनोज गजुरेल, शैलेन्द्र सिम्खडा, सुरेन्द्र केसी मूलाको साग रवि डङ्गोल, शिवशङ्कर रिजाल जोगिन्दर पानवाला यमन श्रेष्ठ, पूर्ण थापा, सुबोध गौतम, सन्ध्या बूढा काउली बूढी, सुमन कार्की, रवि डङ्गोल र रुविना अधिकारीको प्रस्तुति रहने जनाइएको छ । पोखराको सभागृह हलमा हुने उक्त कार्यक्रमबाट भएको आम्दानी विभिन्न सामाजिक तथा सांस्कृतिक क्षेत्रमा खर्च गरिने प्रचारप्रसार संयोजक बोधराज रेग्मीले जानाकारी दिनुभयो । उक्त कार्यक्रम हेर्न दर्शकले रु पाँच सय र रु एक हजारको टिकट काट्नुपर्नेछ । गण्डकी प्रदेशमा आन्तरिक भ्रमण वर्ष चलिरहेकाले यस कार्यक्रमले आन्तरिक पर्यटक तथा नेपाल सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई समेत प्रवद्र्धनमा टेवा पुग्ने क्लबका पूर्वअध्यक्ष तथा सह–संयोजक रुद्र केसीले बताउनुभयो । 
Categorized in सिनेमा