‘प्रेस स्वतन्त्रता सबैका लागि’
Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १८, बुधबार
नेपाल पत्रकार महासङ्घको आह्वान तथा महासङ्घ गण्डकी प्रदेशको आयोजनामा आज पोखरामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै ¥याली निकालिएको छ ।
पोखरा महानगरपालिका–४ बिपीचोकबाट शुरु भएको ¥याली न्युरोड हुँदै सभागृहसम्म पुगेको थियो । ¥यालीमा सहभागी सञ्चारकर्मी, नागरिक अधिकारकर्मी तथा पेशाकर्मीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी कार्य बन्द गरिनुपर्ने, पत्रकार माथिको धरपकड बन्द गर्न तथा गिरफ्तार पत्रकारको रिहाइ र प्रेस स्वतन्त्रताको रक्षा गरिनुपर्ने माग गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै महासङ्घ गण्डकी प्रदेश समितिका अध्यक्ष त्रिभुवन पौडेलले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पत्रकारलाई मात्र नभइ सबै जनताको लागि आवश्यक रहेको बताउनुभयो ।
वर्तमान संविधानको प्रश्तावनामै प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरिएको भन्दै उहाँले भन्नुभयो, “प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको माग पत्रकारको मात्र होइन सबै जनताको हो, प्रेस स्वतन्त्र नभएसम्म जनताको अभिव्यक्ति स्वतन्त्रता पनि हुँदैन, यसमा सरकारले दायाँबायाँ गर्न पाउँदैन ।” महासचिव गणेश पौडेलले सरकारले पत्रकारलाई निर्धक्क भएर समाचार सम्प्रेशण गर्ने वातावरण बनाउन माग गर्नुभयो ।
Categorized in राष्ट्रिय