STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

‘फेवाताल जोगाऔँ’

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र ३, आइतबार

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले पोखराको पर्यटनको विकासका लागि फेवातालको संरक्षण गर्न एकीकृत योजनाको खाँचो रहेको बताउनुभएको छ । पोखरा चेम्बर अफ कमर्शले आज पोखरामा आयोजना गरेको पोखराको पर्यटन क्षेत्रको सम्भावना, चुनौती र नयाँ लगानीको विषयमा पर्यटन व्यवसायीसँग गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले पोखरा र आसपासका जिल्लाको पर्यटन प्रवद्र्धनमा पनि सामूहिक पहलको खाँचो औँल्याउनुभयो ।

“फेवाताल भएर नै पोखरा छ, फेवातालबाट कमाउने मात्रै निस्किए तर जोगाउनु पर्छ भन्ने भएनन्”, उहाँले भन्नुभयो “संरक्षणको नाममा पैसाको खोलो बग्यो तर नतीजामुखी हुन सकेन ।” व्यवसायमा विविधता ल्याएर उत्पादनलाई पर्यटनसँग जोड्नुपर्ने उहाँको भनाइ थियो । उहाँले लगानीमैत्रीे वातावरण बनाएर देशमा विदेशी पुँजी भित्र्याउन सकिने बताउनुभयो । पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले पोखराको पर्यटन पवद्र्धनमा सरकारको लगानी न्यून रहेको उल्लेख गर्दै त्यसतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिनुभयो । पर्यटकको साढे एक दिनको पोखरा बसाइँले पोखराको पर्यटन व्यवसायलाई धान्न मुस्किल परेको गुनासो गर्नुभयो । पोखरा चेम्बर अफ कमर्शका अध्यक्ष किसान सुनारले पर्यटन व्यवसाय नै आर्थिक समृद्धिको बलियो आधार भएको भन्दै उठेका सवालहरुलाई लिपिवद्ध गरेर सम्बन्धित निकायसमक्ष पु¥याएर कार्यान्वयनका लागि पहल गरिने बताउनुभयो ।  
Categorized in उपत्यका