STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

‘बम–सरस्वती स्मृति पुरस्कार’ श्रेष्ठलाई

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २०, शुक्रबार

धौलागिरि साहित्य प्रतिष्ठान बागलुङले यो वर्षको ‘बम–सरस्वती स्मृति पुरस्कार’ नुवाकोटका साहित्यकार श्रीराम श्रेष्ठलाई प्रदान गर्ने भएको छ । नगद रु १० हजार राशिको सो पुरस्कार यही असार २९ गते २०६ औँ भानु जयन्तीका अवसरमा प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । नेपाली भाषा, साहित्यको उत्थानमा पु¥याएको योगदानको कदर गर्दै श्रेष्ठलाई पुरस्कृत गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष काजी रोशनले बताउनुभयो । नुवाकोट साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्षसमेत रहनुभएका श्रेष्ठका ‘जीवन र विज्ञान’ जीवनी, ‘जिजिविषामा बाँच्ने मान्छेहरु’ कविता, हाइकु सङ्ग्रह ‘ट्राफिक जाम’ लगायतका कृति प्रकाशित छन् । प्रतिष्ठानले हरेक वर्ष साहित्यमा योगदान पु¥याएका व्यक्तित्वलाई पुरस्कृत गर्दै आएको छ । बागलुङ घर भई हाल बेल्जियममा बस्नुहुने कवि दीपेन्द्र केसीले हजुरबुबा बमबहादुर र हजुरआमा सरस्वती केसीको स्मृतिमा पुरस्कार कोष स्थापना गर्नुभएको थियो । यसअघि उक्त पुरस्कार पर्वतका साहित्यकार नारायण आचार्य, पाल्पाका पुष्कर ‘अथक’ रेग्मी, चितवनका ऋषिप्रसाद लामिछाने ‘गोर्खे साइँलो’ र बागलुङका प्रकाश समीरले प्राप्त गर्नुभएको थियो । पुरस्कार वर्षेनी भानु जयन्तीमा प्रदान गरिन्छ ।
Categorized in राष्ट्रिय