‘बोनम्यारो’पीडिललाई दुई लाख
Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १२, आइतबार
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–४ महादेवटारका १५ वर्षीय ‘बोनम्यारो’पीडित राजु रखालमगरको उपचारका लागि देश÷विदेशमा रहेका नेपालीबाट सङ्कलन गरिएको रकम उनका बुबा विष्णु रखालमगरलाई हस्तान्तरण गरिएको छ ।विगत दुई वर्षदेखि ‘बोनम्यारो’ले काम छोडेपछि उनले काठमाडौँको सिभिल अस्पतालमा उपचार गराइरहेका छन् । उपचारकै क्रममा भएको रकम सबै सकिएपछि सहयोगका लागि उनका बुबा विष्णु रखालमगरको आग्रहमा स्थानीयवासीले सहयोग समिति गठन गरी रकम सङ्कलन अभियान शुरु गरेका थिए ।
बनेपाको शिक्षा सदन माध्यमिक विद्यालयमा अध्यनरत राजुको अवस्था देखेर आफूहरूले देश विदेशमा हात फैलाउँदा“अमेरिकामा रहेका नेपालीबाट रू एक लाख दुई हजार ३५० सङ्कलन भएको र बाँकी रकम अन्य संस्थाबाट प्राप्त भएको सहयोग समितिका अध्यक्ष निरध्वज लामाले बताउनुभयो ।छोरा बचाउनका लागि भएको जायजेथा र घरखेत बेचेर उपचार गर्दै आइरहेको बुबा विष्णुकोे भनाइ थियो । उपचारका क्रममा हालसम्म लाखाँै रकम खर्च भए पनि ‘बोनम्यारो’ नै प्रत्यारोपण गर्नुपर्ने र त्यसका लागि कसैको नमिलेको तर पछिल्लो पटक आफ्नै शरिर परीक्षण गर्दा आफ्नो ‘बोनम्यारो’ मिल्ने भएकाले यही जेठ १४ गते प्रत्यारोपण गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।
“जेठ १४ गते बोनम्यारो प्रत्यारोपण गर्ने तयारी भइरहेको र खर्च धेरै लाग्ने भएकाले पिर परिहेको अवस्थामा गरिएको सहयोगले आफ्ना लागि ठूलो राहत मिलेको छ” विष्णुले भन्नुभयो । प्रत्यारोपणका लागि लागि अझै रू १८ लाखसम्म खर्च लाग्ने सिभिल अस्पतालले जानाएको जानकारी दिँदै उहाँले ‘बोनम्यारो’ त मिल्यो तर खर्च अपुग भएकाले सहयोगीसँग अझै हात फैलाउनुपरेको छ भन्नुभयो ।
Categorized in राष्ट्रिय


