STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

‘मोयाकै नाम प्यारो’ बजारमा

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १०, शुक्रबार

‘राम्रो फूल गाउँमै फूले त गीतसहित साङ्गीतिक क्षेत्रमा पहिलोपटक विसं २०५९ मा म्युजिक भिडियोसहित सार्वजनिक भएकी गायिका अनिता पन्त यतिखेर ‘मोयाकै नाम प्यारो’ गीतको लोकदोहोरी भिडियोसहित बजारमा आउनुभएको छ । गायक तथा सर्जक रमेशबाबु थापाको लय तथा शब्द रहेको गीतको भिडियोमा गायिका पन्तले स्वर दिनुभएको छ । भिडियोमा प्रकाश भट्टको कोरियोग्राफी तथा निर्देशनका साथै रमेशबाबु र सुप्रिया रानाको अभिनय छ । विश्वास नेपालको सङ्गीत संयोजन रहेको भिडियोमा राजेश घिमिरेको छायाङ्कन छ भने विष्णु शर्माले सम्पादन गर्नुभएको छ । भिडियोलाई गायक सर्जक शिव हमालको अफिसियल युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो । भिडियोको सार्वजनिक गर्दै नेपाल सङ्गीत नाट्य प्रतिष्ठानका प्राज्ञ प्रजापती पराजुलीले सङ्गीतमा लगानी बढिरहेको औँल्याउँदै राम्रा गीतलाई स्रोताले मन पराइरहेको बताउनुभयो । गायिका पन्तका यसअघि विसं २०६३ मा ‘मर्नै पर्ने भो’, २०६४ मा ‘सुनको दोकान’मा, २०६७ मा ‘बेंसी छैन खेत’, २०७२ मा फेसबुकका स्टाटस, २०७५ मा ‘भात पकासी गिलो’, २०७५ मा ‘आमा र पिरती’ जस्ता लोक दोहोरी गीत बजारमा आइसकेका छन् ।
Categorized in राष्ट्रिय