STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

‘सीमा सुरक्षा सरकारका लागि सुनौलो अवसर’

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक २९, शुक्रबार

वरिष्ठ पत्रकार भैरव रिसालले भारत र नेपालबीचको सीमा सुरक्षा सरकारका लागि सुनौलो अवसर रहेको बताउनुभएको छ । संवाद डलबीले आज आयोजना गरेको सीमा सुरक्षा कार्यक्रममा उहाँले जनताको भावनामा चोट आए राम्रो नहुने भन्दै सीमा सुरक्षाका विषयमा धेरै कुरा उठे पनि यसको समाधान कुनै पनि सरकारले गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकार कमजोर बन्दै जानु पनि सीमा अतिक्रमणको प्रमुख कारण हो ।” सन् १९८१ देखि २०१८ सम्म भारतमा १० मात्र सरकार परिवर्तन भएको तर नेपालमा १८ वटा सरकार परिवर्तन भएका बताउनुभयो । रिसालले सरकारलाई जनताको पूर्ण समर्थन रहेको उल्लेख गर्दै जुनसुकै संयन्त्र प्रयोग गरेर नेपाली भूमि फिर्ता गर्न तत्काल कदम चाल्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का नेता प्रकाश रोकायाले चीनले जस्तै नेपालले पनि जनतासँग पैसा उठाएर सीमामा पर्खाल राख्नुपर्ने बताउनुभयो । नेकपाका अर्का नेता कर्णजित बुढाथोकीले भारतले नेपाली भूमि मात्र अतिक्रमण नगरेको जानकारी दिँदै अन्य छिमेकी देशको भूमि पनि अतिक्रमण गरेको बताउनुभयो ।
Categorized in राष्ट्रिय