STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

‘हेमबहादुर मल्ल सम्मान २०७६’ उपाध्यायलाई

Janjati Khabar | २०७९ बैशाख ८, बिहिबार

यस वर्षको ‘हेमबहादुर मल्ल सम्मान २०७६’ सूर्यनाथ उपाध्यायलाई प्रदान गरिने भएको छ । नेपाल जनप्रशासन सङ्घले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी उपाध्यायलाई उक्त सम्मान प्रदान गर्ने जानकारी गराइएको हो । यो सम्मान बर्सेनि सार्वजनिक प्रशासन तथा व्यवस्थाका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तिलाई प्रदान गरिन्छ ।  

उपाध्यायले राज्यको उच्च ओहोदामा रही सार्वजनिक सेवा प्रवाह र व्यवस्थापनका क्षेत्रमा राष्ट्रको छवि उच्च राख्न सफल भएको, नेतृत्व क्षमता प्रदान गर्नुभएको, सार्वजनिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनुभएको र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालीको पहिचान निर्माण गरेको जस्ता उल्लेखनीय योगदान पु¥याउनुभएको जस्ता काम गर्नुभएकाले कदरस्वरुप उक्त सम्मान प्रदान गर्ने निर्णय भएको हो ।  
 
यो सम्मान छनोटका लागि पूर्वमन्त्री माधव पौडेलको संयोजकत्वमा नेपाल जनप्रशासन सङ्घका अध्यक्ष कृष्णहरि बाँस्कोटा, साल्ट ट्रेडिङ कर्पोरेसनका लिमिटेडका तत्कालीन अध्यक्ष लक्ष्मीदास मानन्धर, पूर्वसचिव पुण्यप्रसाद न्यौपाने र पूर्वसचिव जीवनप्रभा लामा सदस्य रहनुभएको थियो  । उक्त सम्मान पाउने उपाध्याय सत्रौँ व्यक्ति हुनुहुन्छ । यसको राशि नगद रु दुई लाख रहेको छ ।

हेमबहादुर मल्लले साल्ट ट्रेडिङ कर्पोरेसनका लिमिटेडका संस्थापक प्रमुख कार्यकारी, प्रमुख डाइरेक्टर इञ्चार्ज, प्रमुख सल्लाहकार पदमा रहेर सेवा गर्नुभएको थियो ।

Categorized in उपत्यका