“जेन–जी युवापुस्ताको बलिदान र योगदानले देशमा परिवर्तन आएको छ”, बालेन भन्छन्
Janjati Khabar – LALENDRA SHAKYA | २०८२ भाद्र २८, शनिबार
काठमाडौं/जेन–जी युवापुस्ताको बलिदान र योगदानका कारण देशले परिवर्तन पाएको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले बताएका छन् । मेयर बालेनले जेन–जी युवापुस्ताको योगदान अमूल्य रहेको पनि उल्लेख गरेका छन् ।
अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ लिएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेनले यस्तो लेखेका हुन् । मेयर बालेनले जेन–जी युवापुस्ताको योगदानले सधैं भावी पुस्तालाई देशप्रेम र कर्तव्यबोधको मार्गदर्शन गर्ने विश्वास लिएका छन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले फेसबुकमार्फत् लेखेका छन् –
प्रिय जेन–जी,
तपाईहरूको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको छ ।
वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली । तपाईंहरूको योगदान अमूल्य छ, जसले सधैं भावी पुस्तालाई देशप्रेम र कर्तव्यबोधको मार्गदर्शन गर्नेछ । तपाईहरूप्रति असिम सम्मान ।
घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
Categorized in राजनीति

