STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

“माया मिष्ट्री” उपन्यासका लेखक श्रेष्ठको गीतमा निर्देशक जोशीको म्युजिक भिडियो

Janjati Khabar – विजयरत्न असंबरे | २०८० माघ ५, शुक्रबार

कम समयमा नै मेरै चर्चा बटुल्न सफल उपन्यासय “माया मिष्ट्री” उपन्यासका लेखक मोहन के. श्रेष्ठको शब्द रचना रहेको  गीत “खुसि मागेको थिएँ” को म्यूजिक भिडियोको एक कार्यक्रमका बीच बिहिवार सार्वजनिक गरिएको छ । नेपालभाषाका चर्चित साहित्यकार नबीन प्रकाश श्रेष्ठ ले प्रमूख अतिथी का रुपमा सार्वजनिक गरिएको सो भिडियोको निर्देशन नेपालभाषाको गीत संगीत एवं चलचित्र लगायतका मनोरन्जन क्षेत्रका एक अग्रज कलाकर्मि पवन जोशीले गर्नु भएको हो । 

भिडियो सार्वजनिक समारोहमा प्रमूख अतिथी श्रेष्ठले आख्यानकार मोहन के श्रेष्ठले थोरै संख्यामा मात्र उपन्यास लेख्नु भएको भएतापनि आफू उहाँको लेखन शिल्प बाट अत्यन्त प्रभावित भएको भन्दै गीत रचना क्षेत्रमा पनि उहाँको यात्रा खँदिलो हुने आश व्यक्त गर्नु भयो ।

सो समारोहमा विशेष अतिथी रहनु भएका अग्रज चलचित्र पत्रकार विजयरत्न तुलाधरले अहिले नेपालि म्युजिक भिडियोको निर्माण गति सुस्त भईरहेको भन्ने गुनासो चर्किरहेको बेला “खुसि मागेको थिएँ” भिडियो सार्वजनिक हुनु एउटा सुखद कुराको रुपमा लिनु पर्छ भनि भन्नु भयो ।

यस गीतका संगीतकार अनिल तुलाधर हुनु हुन्छ भने उहाँले नै संगीत एरेन्ज गर्न गर्नु भएको हो । यस गीतमा  गायिका दिपा महर्जनको स्वर रहेको छ। यो गीतको रेकर्ड, मिक्सीङ र मास्टरिङ विजय मास्कीले गर्नु भएको हो । गीतको भिडियोमा चर्चित मोडल आराध्य लक्ष्मी खड्गी, सन्देश श्रेष्ठका साथ सुरेन्द्र श्रेष्ठ, सरु भारती र निर्मल रंजीतको  अभिनय रहेको छ भने नृत्यको कोरियोग्राफि वनि उहाँले नै गर्नु भएको हो । 

यो म्युजिक भिडियोका लागि श्रृंगार सनम  कुमार श्रेष्ठ, छायांकन , सम्पादन र कलरिङ सोहन मानन्धरको रहेको छ । यो म्यूजिक भिडियो नेवाः संगीत संकिपा तिबः पुचःको व्यानरमा निर्माण भएको छ । 

यो नयाँ गीतमा नयाँ तरिकाले शब्द र संगीतको भावनात्मक अभिव्यक्त प्रस्तुती लगायत भिजुलाइजबाट आफू निकै प्रभावित भएको निर्माता तथा रचनाकार मोहन के. श्रेष्ठले बताउनु भयो । यो “खुसि मागेको थिएं....”म्युजिक भिडियो सार्वजनिक समारोहमा संगीतकार अनिल तुलाधरले स्वागत मन्तव्य राख्नु  भएको थियो भने रचनाकार श्रेष्ठले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

Categorized in साहित्य-कला