“म यस्तो गीत गाउँछु–२” कीर्तिपुर सिनेप्लेक्समा प्रिमियर सम्पन्न
Janjati Khabar – विजयरत्न असंबरे | २०७८ फाल्गुण १२, बिहिबार
मेरो एउटा साथी छ , धन्धा, के यो माया हो , रामकहानी लगायतका चलचित्रका निर्देशक सुदर्शन थापा निर्देशित अनि पल शाह र पुजा शर्मा अभिनित “म यस्तो गीत गाउँछु–२” को बुधबार कीर्तिपुर सिनेप्लेक्समा प्रिमियर शो सम्पन्न भएको छ । यही फागुन १३ गतेदेखि कीर्तिपुर सिनेप्लेक्स लगायत देशभरि रिलिज हुने यस नेपाल चलचित्रमा संगीत साधनालाई राम्ररी प्रस्तुत गरिएको छ ।
निर्देशक सुदर्शन थापाको यस चलचित्रको प्रिमियर हेर्न नेपाली चलचित्रका अधिकांश कलाकारहरू उपस्थिति रहेको थियो । कोभिडको महामारीका कारण सिथिल प्रायः भइरहेको नेपाली चलचित्र उद्योगलाई यस चलचित्रले राम्रो व्यापार गर्न सकोस् र नेपाल चलचित्र उद्योग फस्टाउन मद्दत होस् भनी अतिथी चलचित्रकर्मिहरुले चलचित्रका सम्पूर्ण पदाधिकारीहरूलाई सफताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
प्रिमियर शोमा नीर शाह, रामचन्द्र अधिकारी, दमन रुपाखेती, दिपकराज गिरी, दिपाश्री निरौला, गौरी मल्ल, निशा अधिकारी, प्रियंका काकी, आयुषमान देशराज जोशी , सरोज खनाल, पुजा शर्मा, दिनेश डिसी, वर्षा रावत, निर्मल शर्मा, उज्वल घिमिरे लगायत ख्याती प्राप्त कलाकारहरूका साथै थुप्रै पत्रकारहरू समेत सामेल हुनु भएको थियो ।
नेपाली चलचित्र म यस्तो गीत गाउँछु–२” को कीर्तिपुर सिनेप्लेक्समा भएको प्रिमियर शो हेर्न आउनु भएका सम्पूर्णलाई नेवाः मौलिक बाजा खिंको तालमा बाँसुरीबाजाले स्वागत गरिएको थियो ।


